
सिन्धुलीको हरिहरपुरगढीमा आजबाट चौथो अध्यक्षकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको खेल तालिका सार्बजनिक भए अनुसार पुरुष तर्फको खेल आजबाट र महिलातर्फको खेल फागुन १९ गतेबाट सुरु हुने भएको छ ।
आज उद्घाटन हुने पुरुषतर्फको खेलमा समुह (ख) बाट दिँउसो ३ बजे वडा नम्बर ४ र वडा नम्बर ३ बीच एक खेल हुदैँछ । त्यस्तै १८ गते दुई खेल हुनेछ । बिहान ८ बजे वडा नम्बर ७ र वडा नम्बर २ बीच खेल हुनेछ भने दिँउसो १.३० बजे वडा नम्बर ६ र वडा नम्बर ५ बीच हुनेछ ।
त्यस्तै महिला फुटबलको खेल फागुन १९ गते हुनेछ । हरिहरपुरगढी युबा तथा खेलकुद बिकास समितिको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता हुने भएको हो ।
हरिहरपुरगढी – ४ झ्याडिको खेलमैदान हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल खेल हुनेछ । जसमा पालिकाको ८ वडाको टिमहरु सहभागी हुनेछन । पुरुष फुटबल अन्तर्गत प्रथम पुरस्कार नगद रु. १ लाख त्यस्तै द्बितीय पुरस्कार रु. ५० हजार रहेको छ । त्यस्तै महिलातर्फ प्रथम पुरस्कार रु. २० हजार द्बितीय पुरस्कार रु. १० हजार सहित ट्रफी, मेडल, प्रमाण-पत्र दिइने युबा तथा खेलकुद बिकास समितिका संयोजक लक्ष्मी बहादुर राईले जानकारी दिनुभएको छ ।
