एपीएफ र मछिन्द्र बागमती गाेल्डकपकाे फाईनल भिड्दै : उपाधी जित्ने दुबै टिमकाे दाबी

बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ ।
बागमती गाउँपालिका ८ स्थित जनता माविको मैदानमा हुने फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र ए डिभिजन क्लब मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार भएको प्रि म्याच कन्फेन्समा उपाधि जित्नेमा दुबै टोली विश्वस्त देखिएका छन् । एपीएफका म्यानेजर सुशील अधिकारीले केही हप्ताअघि मात्र सम्पन्न मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा पनि आफु विश्वस्त रहेको बताउनुभयो । टेक्नीकली रुपमा मछिन्द्र राम्रो टिम भएको र त्यसको लागि आफुहरुले फाइनलमा विशेष रणनीति बनाएको समेत उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि आफुहरुले राम्रो तयारी गरेको बताउनुभयो । फाइनलमा आफुहरुले आक्रमक खेल प्रस्तुत गर्ने समेत उहाँले बताउनुभयो ।

दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । एपीएफ विभागीय टोली त्रिभुवन आर्मी र मछिन्द्र ए डिभिजन क्लब न्यु रोड टिम एनआरटीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सवर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *