

प्रथम ल्हाेछार कप-8A साईड फुटबल प्रतियाेगिताकाे उपाधि कराैंजे युवा क्लब ले जितेकाे छ ।
तामाङहरुकाे महान पर्व साेनाम ल्हाेछारको अवसरमा माघ २० गते देखि जारी बागमती- ३ गढन स्थित नाङसाल युवा क्लबद्वारा आयाेजित प्रथम ल्हाेछार कप फुटबल प्रतियोगिताकाे उपाधि कराैंजे युवा क्लब बागमती-१ ले जितेकाे हाे ।
शनिवार गढन सहिद स्मृती खेलमैदानमा भएकाे फाइनल खेलमा उच्च कुडुल्ले युवा क्लव बकैया -९ लाई ट्राईब्रेकरमा २-१ गाेलकाे अन्तरले पराजित गर्दै कराैंजे युवा क्लवले उपाधि जितेकाे हाे । खेलकाे दुबै हाफ गाेल रहित बराबरी पछि विजेताकाे निर्णय गर्न खेललाई रेफ्री उज्वल पाख्रिनले ट्राईब्रेकरमा लगिएकाे थियाे । कुडुल्लेकाे पहिलाे प्रहारलाई कराैंजेकाे गाेलरक्षकले ब्लक गरेसंगै कराैंजे युवा क्लबले जित हाँसिल माैका पाएकाे हाे ।
उपाधीसंगै कराैंजे युवा क्लबले नगद ५० हजार रुपैयाँ र उपविजेता उच्चकुडुल्ले युवा क्लबले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण-पत्र प्राप्त गरेका थिए ।
त्यसै गरि प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता उच्च कुडुल्लेका जर्सि नं. ७ अभिषेक भाेलनले नगद ५ हजार रुपैंया प्राप्त गरेका थिए भने खेलकाे सर्वाेतकृष्ट खेलाडी कराैंजेका जर्सि नं. १५ डिफ्रेन्डर विजय श्रेष्ठले नगद ३ हजार र उत्कृष्ट गाेल रक्षक कराैंजेका साेलुमान क्षेत्रीले नगद २ हजार प्राप्त गरेका थिए ।
प्रतियाेगिता समापन समाराेहका प्रमुख अथिति समेत रहेका बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी “छिन्तु” ले यस प्रथम ल्हाेछार कप २०८० सफल भएकाेमा अायाेजकलाई धन्यबाद दिदैं यसकाे निरन्तरताकाे लागि आफुले हरकदम सहयाेग गर्ने र अर्काे साल देखि ११ जनाकाे खेल खेलाउने गरि तयारी गर्न आयाेजकलाई सुझाउनु भयाे ।
त्यसै गरि अतिथि एवम् बागमती गाँउपालिका अध्यक्ष सर्केश घलानले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ व्यक्तिले मात्र राष्ट्र निर्माणमा याेगदान दिन सकिने भएकाले आफुहरुले खेलकुदमा लगानी गरेकाे र अरुले यसलाई कु प्रचार गरेकाे बताउनु भएकाे छ ।
कार्यक्रम नाङ्साल युवा क्लवका अध्यक्ष देव लामाकाे अध्यक्षतामा भएकाे थियाे । नाङसाल युवा क्लबका महासचिवले सञ्चालन गरेकाे थियाे भने सविच गंगा दाेङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा ३ नं. वडा अध्यक्ष कमान सिं पाख्रिन, वडा सदस्य तुल बहादुर मुक्तान, जडिबुटी बर्गर हाउस काठमाण्डाैका सञ्चालक द्वय मेघलाल पाख्रिन र कमल लामा स्याङतान, ३ नं. पुर्व वडाअध्यक्ष बल बहादुर पाख्रिन, ४ नं. पुर्व वडाअध्यक्ष रहर सिं थिं लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
नाङ्साल युवा क्लवद्वारा आयाेजना गरिएकाे प्रतियाेगितामा १८ समुहकाे सहभागिता रहेकाे थियाे । जहाँ आयाेजक ३ समुह सहित बागमती गाँउपालिकाकाे विभिन्न वडा र छिमेकी बकैया गाउँपालिका संगै चाैघडा, हेटाैडा सहित १८ समुहकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुरको बगमती गाउँपालिकाको – ३ नम्बर वडा कार्यालयकाे मुख्य प्रायोजन र काेटेश्वर काठमाण्डाैकाे सह प्रायाेजनमा पहिलो पटक ल्होछार 8A साईड पुरुष फुटबल प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा चार लाख बराबरकाे खर्च भएकाे आयाेजकले जनाईएकाे छ ।
साथै आज बेलुकी तिन्तलेमा रहेकाे बुद्ध मुर्तिमा ल्हाेछार लाग्नेछ ।
