बागमतीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे कमिटि गठन: अध्यक्षमा गाेले

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मकवानपुरको संगठन विस्तार कार्यक्रम अन्तरगत बागमती गाउँपालिकामा पालिका स्तरिय कमिटी गठन गरिएको छ । आज बागमती गाउँपालिकाकाे सभा हलमा भएकाे भेलाबाट राजेन्द्र गाेलेकाे अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको हाे ।

कमिटीको अध्यक्षमा राजेन्द्र गाेले, उपाध्यक्ष निशा ढुङगाना, सचिव शक्ति न्याैपने, सह- सचिव लाल बहादुर पाख्रिन, काेषाध्यक्ष निशा तामाङ, सदस्यहरु रवि शंकर राउत, तिलक घिसिङ, प्रकाश समाल, नगेन्द्र महताे, श्रीदेवी गाेले, उर्मिला नेपाली, धिरज स्याङतान, सुदर्शन गाेले, काशी रावल, भिमसेन मगर, जस्मान स्याङतान रहेका छन भने एक जना सदस्यकाे स्थान खाली रहेकाे छ ।

यसअघि भएको उदघाटन सत्र बागमती गाँउपालिका हेभि इक्युपमेन्ट शाखा प्रमुख दिनेश बाँनियाकाे अध्यक्षता र नेकपा माआेवादी केन्द्र मकवानपुर जिल्ला संयाेजक एवम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

उदघाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथिले पार्टीकाे भातृ संगठन मजबुत नभए सम्म पार्टी बलियो नहुने बताउनु भएकाे छ । नव गठित कमिटिलाई राष्ट्रिय कर्मचारी संगठनकाे निति र बिधान पद्धति अनुसार नयाँ तरिकाले संगठित र एकताबद्द भएर अगाडि बढन आग्रह गर्नु भएको छ । संगठनले निर्माण गरेकाे कार्ययोजनामा पार्टी संगठनकाे तर्फबाट पुर्ण सहयोग रहने बताएका छन ।

कार्यक्रममा नेकपा माआेवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य ज्ञान सागर भाेलन, नेकपा माआेवादी केन्द्र जिल्ला मकवानपुर समन्वय समिति सदस्य जनक पहरी, बागमती गाउँ कमिटी अध्यक्ष अरुण बल, धुर्व थापा बागमती गाउँ कमिटी सचिव रहर सिं थिं, कर्मचारी संगठन केन्द्रीय सदस्य वसन्त गाैतम, नेपाल कर्मचारी संगठन प्रदेश कमिटी सदस्य राजु अर्याल,अखिल नेपाल जनस्वास्थ्यकर्मी प्रविण पुडासैनी, बागमती गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान लगाएतकाे उपस्थिति थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *