प्रथम ल्हाेछार कप; बागमतीकाे दुई र बकैयाकाे दुई टिम सेमिफाईनल प्रवेश

 

बागमती सन्देश ।

मकवानपुर ।
मकवानपुरकाे बागमती- ३ स्थित जारी ‘प्रथम ल्हाेछार कप’ 8Aside पुरुष फुटबल प्रतियाेगिताकाे सेमि फाईनल चरणमा बागमतीकाे दुई र बकैयाकाे दुई टिम भिड्ने भएकाे छ ।

आज माघ २५ गते गढन सहिद स्मृती खेल मैदानमा झुरझुरे युवा क्लव बागमती ४ संग कुडुल्ले भञ्ज्याङ युवा क्लब बकैया २ दिउसाे १ बजे र कराैंजे युवा क्लब बगमती १ संग त्रिवेणी युवा क्लब बकैया ८ दिउसाे ३ वजे भिड्ने भएकाे छ ।

हिजाे विहान ११ वजे भएकाे पहिलाे खेलमा खेलकाे बराबरि पछि पेनाल्टी सुटमा कुडुले भञ्ज्याले अायाेजक C लाई पराजित गर्दै सेमि फाईनल प्रवेश गरेकाे हाे । त्यस्तै दिउसाे १ वजे भएकाे खेलमा झुरझुरे युवा क्लबले बकैया शिक्षक टिमलाई हराउदै सेमि फाईनल प्रवेश गरेकाे हाे । दिउसाे ३ बजेकाे खेलमा मुनस्टार युवा क्लव बागमती ४ लाई हाराउदै कराैजे युवा क्लव पनि बागमती १ सेमि फाईनल प्रवेश गरेकाे छ ।

अर्काे माघ २३ काे खेलबाट नै त्रिवेणी युवा क्लव बकैया २ सेमि फाईनल प्रवेश गरिसकेकाे छ । त्रिवेणी युवा क्लवले वडा कार्यालय बागमती १ कराैंजेलाई ३-० ले हराउदै सेमि फाईनल प्रवेश गरेकाे थियाे ।
नाङसाल युवा क्लबकाे आयोजना तथा बागमती – ३ नं. वडा कार्यलयकाे प्रायाेजनमा प्रथम ‘ल्हाेछार कप’ 8A side फुटबल प्रतियाेगिता सञ्चालन भैरहेकाे छ ।

प्रतियाेगिता यहि माघ २० गते उदघाटन भएकाे खेल यहि माघ २७ गते फाईनल खेल हुनेछ ।

प्रतियाेगिताकाे उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कारका साथै इतिहांसकै पहिलाे “प्रथम ल्हाेछार कप” पाउने आयोजकले जानकारी गराएकाे छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछन । साथै सर्वाधिक गाेलकर्ता खेलाडीले नगर रु पाँच हजार पाउनेछ ।

प्रतियोगितामा चार लाख बराबरकाे खर्च हुने आयाेजकले जनाईएकाे छ ।

विगत देखि नै हरेक वर्ष साेनाम ल्हाेछारकाे अवसरमा अमिताभ बुद्ध र गुरु रिन्पाेछेकाे (१६ फिट) मुर्ती रहेकाे तिन्तलेमा ल्हाेछार मेला लाग्ने गर्दथ्याे । विगत भन्दा फरक तरिकाले यस पर्वलाई मनाउन लागिएकाे र विश्वभरि छरिएर रहनु भएका तामाङहरुलाई आ-आफ्नाे स्थानबाट आफ्नाे संस्कृति संरक्षणमा लाग्न पर्ने क्लबका अध्यक्षले हामीसंगकाे कुराकानीमा बताउनु भएकाे थियाे ।

फुटबल प्रतियाेगिताकाे फाईनल २७ गते हुनेछ र साे दिन वेलुका रातभर तिन्तलेमा मेला लाग्ने जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *