बागमतीमा स्थानीय स्काउट परिषद् सदस्य निर्वाचन सम्पन्न, आयुक्तमा राई चयन

मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय स्काउट परिषद्को निर्वाचन सम्पन्न भएको छ l वडा नं. ४ स्थित महाबुद्ध आधारभूत विद्यालयमा आज सम्पन्न स्थानीय स्काउट परिषद् सदस्य छनोट निर्वाचनबाट दुई महिला र तीन पुरुष सहित पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन् l

 

नेपाल स्काउट ऐन २०५०, संशोधन सहितको दफा ६, नेपाल स्काउट नियमावली २०७७ को दफा २१ बमोजिम सदस्यताको लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुलाई नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८(संशोधन सहित) दफा ११ मा व्यवस्था भए बमोजिम नियमावलीको नियम १८(ङ) बमोजिम स्थानीय स्काउट परिषद् सदस्यमा निर्विरोध निर्वाचित गरिएको हो l निर्वाचित सदस्यहरुमा सूर्य स्काउट ट्रुप शिक्षक एवम् प्रदेश स्काउट समिति सदस्य तथा स्थानीय तह स्तरीय सदस्यता वृद्धि संयोजक राज कुमार राई, सम्झना रुम्बा, सागर रखाल, दुर्गा पाख्रिन र सर्मिला माया पाख्रिन रहेका छन् l

 

 

 

 

 

स्काउट नियमावली अनुसार पालिका उपाध्यक्षको अध्यक्षतामा स्थानीय स्काउट परिषद् गठन भएको छ l परिषद्को निर्नायानुसार राज कुमार राई स्थानीय आयुक्तमा नियुक्त भएका छन् l राई २०६८ सालदेखि हालसम्म स्काउटमा समर्पित छन् l राईले स्काउट शिक्षकको आधारभूत तालिम र स्काउट एड्भान्स तालिम पूरा गरिसकेका छन् भने स्थानीय स्काउट सदस्यता वृद्धि संयोजकको भुमिकामा समेत रहेका छन् l  स्थानीय आयुक्त राईको अध्यक्षतामा स्थानीय कार्यसमिति गठन हुने प्रावधान छ l साथै स्थानीय स्काउटको संरक्षकमा पालिका प्रमुख संरक्षक र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख रहने व्यवस्था छ l

७५३ स्थानीय तहमा आजै स्थानीय स्काउट परिषद् सदस्यको निर्वाचन भएको छ l  नेपाल स्काउटमा १२ वर्षको अन्तरालमा यो निर्वाचन भएको हो l

निर्वाचन प्रमुख अधिवक्ता प्रेमबहादुर थोकरको अध्यक्षतामा भएको परिषद् सदस्य निर्वाचित घोषणा तथा सम्मान कार्यक्रमा  गाउँपालिका प्रमुख सर्केश घलानको प्रमुख आतिथ्य रहेको थियो l कार्यक्रममा उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, वडा अध्यक्ष द्वय दन्तलाल माझी “किरण”, यहुन्ना राई, मकवानपुर जिसस सदस्य खड्क बहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, माओबादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली कांग्रेस बागमती गाउँपालिकाका सचिव शंकर कुमार पराजुली, पूर्व प्रमुख प्रशासकीय अधिकृत शुक्रमान राई, रास्वपा बागमती अध्यक्ष सुजन पाख्रिन, बागमती खेविस अध्यक्ष टिका लाल श्रेष्ठ, निवृत्त शिक्षक वीर बहादुर राई, रत्नबहादुर राई , स्काउटमा आवद्ध व्यक्तिहरु, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l कार्यक्रमकाे सहजिकरण मनाेज बलले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *