“प्रथम ल्होछार कप” तामाङ समुदायको लागि गर्वको कार्य हाे; सामाजिक विकास मन्त्री माेक्तान ।

आशिष् वल

बागमती सन्देश

 

बागमती प्रदेश सामाजिक बिकास मन्त्रि माननीय कुमारी मोक्तानले ल्होछार कप तामाङ समुदायको लागि गर्वको कार्य भएको बताउनुभएकाे छ । मकवानपुरकाे बागमती गाउँपालिका वडा न. ३ स्थित नाङ्साल युवा क्लव द्वारा आयाेजित प्रथम ल्होछार कप फुटबल प्रतियाेगिताकाे उद्घाटनका क्रममा साे बताउनु भएकाे हाे । साथै तामाङहरु एक हुनुको बिकल्प नरहेको र आफ्नो समुदायको हकहितको लागि फेरि पनि एक भएर आवाज वुलदं गर्नुपर्ने बताउनुभयो । विगतको शासकले तामाङ समुदायलाई पछाडी पारिएको हुंदा गणतन्त्र पश्चात् मात्र हामीले हाम्रो हकहितको लागि लड्न सकेको समेत बताउनुभयो । यस गढन सहिद स्मृती खेल मैदानकाे स्तर उन्नतीकाे लागि आफुले मन्त्रालय मार्फत आउदाे बर्ष प्राथमिकताका साथ वजेटकाे व्यबस्था गर्ने बताउनु भएकाे छ ।

 

मन्तव्यको क्रममा बागमती गाउँपालिका -३ का वडा अध्यक्ष कमान सिं पाख्रिनले यो ल्होछार कप गराउन विगत वर्ष देखि नै बजेट बिनियोजित गरेको तर खेल मैदान अभावको कारण खेल्न नसकेको र यो वर्ष आफ्नो पहल र स्थानिय सरकारको बिशेष चासोमा खेलमैदान तयारी पारिएकोले खेल खेलाउन सहज भएको बताउनु भयो । साथै तामाङ समुदायको संस्कार, संस्कृतिलाई जोगाउन यो कार्य महत्वपूर्ण रहने जिकिर गर्नुभयो ।

कार्यक्रममा क्लवका महासचिव विकेश पाख्रिनले स्वागत मन्तव्य राखिएकाे थियाे भने, बागमती खेलकुद बिकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य छिरिङ पाख्रीन, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्ञान सागर भोलोन, लगाएतकाले शुभकामना मन्तव्य राख्नुभएकाे ।

उद्धघाटन कार्यक्रममा अन्य अतिथिहरुमा बागमती गा.पा. ३ नं. पुर्व वडा अध्यक्ष बाबुलाल पाख्रीन, नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य बच्छु खड्का गाेले, नेकपा एमाले बागमती गाउँ कमिटी अध्यक्ष नर बहादुर घलान, नेकपा माओवादी केन्द्र वाइसीएल जिल्ला इन्चार्ज सुमन पाख्रीन, प्रदेश सदस्य बिबेक राई, वाइसीएल सचिव वीर बहादुर मुक्ती,स्वतन्त्र पार्टी बागमती सभापति सुजन पाख्रीन लगाएतको अतिथिहरु उपस्थिति रहेको थियो ।

आज उद्धघाटन खेलमा आयोजक ए र बकैया शिक्षक टिम बिच प्रतिस्पर्धा भएको थियो । खेल अवधिमा २-२ गोलको बराबरी भएको थियो । खेल अवधी समाप्त भए सङ्गै खेल ट्राईबेकरमा बकैया शिक्षक- ५ र आयोजक टिम ४ गोल सहित बकैया शिक्षक टिमले खेल जित हात पारेको थियो ।

भाेली ३ खेल हुने भएकाे छ । भाेलिकाे खेल माघ २१ गते विहान ११ वजे राईगाउ युवा क्लव बागमती २ र फापरवारी युवा क्लव बागमती ८, दिउसाे १ वजे त्रिवेणी युवा क्लव बकैया २ र नवज्योति युवा क्लव बागमती ३ र मुन स्टार बागमती ४ र ज्यामिरे क्लव बागमती ४ बिच खेल हुनेछ ।

प्रतियाेगिताकाे विजय समुहले नगद रु ५० हजार र उप विजेता समुहले नगद रु ३० हजार पाउने छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.