बागमती, मकवानपुर ।
पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति खेल मैदानमा हुने प्रथम ल्होछार कप फुटबल प्रतियोगिता-२०८० “8A साईड” को खेल तालिका सार्वजनिक गरिएको छ ।
आयाेजक नाङ्साल युवा क्लवले माघ १८ गते एक सुचना जारी गर्दै खेल तालिका सार्वजनिक गरिएकाे हाे । प्रतियाेगितामा १८ समुहकाे सहभागिता रहेकाे छ । जहाँ आयाेजक ३ समुह सहित बागमती गाँउपालिकाकाे विभिन्न वडा र छिमेकी बकैया गाउँपालिका संगै चाैघडा, हेटाैडा सहित १८ समुहकाे सहभागिता रहेकाे छ ।
प्रतियाेगिता माघ २० गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने जनाईएकाे छ । उद्घाटन खेलमा आयाेजक A सँग बकैया शिक्षक समुह बिच एक खेल हुनेछ भने २१, २२ र २३ गते दैनिक ३/३ खेल, २४ गते ४ खेल, २५ गते सेमिफाईनल २ खेल र फाईनल १ खेल गरि जम्मा १७ खेल हुने भएकाे छ । खेलकाे उद्घाटन समाराेह प्रदेश सरकार बागमती प्रदेशकाे सामाजिक विकास मन्त्री कुमारी माेक्तानले गर्नुहुने बताईएकाे छ ।
उक्त खेलमा बिजेता टिमले नगद रूपैयाँ ५० हजार ,सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन भने उप-बिजेता टिमले नगद रुपैंयाँ २५ हजार सहित सिल्ड, मेडल र प्रमाण-पत्र पाउने छन ।
मकवानपुरको बगमती गाउँपालिकाको -३ नम्बर वडा कार्यालयकाे मुख्य प्रायोजन र काेटेश्वर काठमाण्डाैकाे सह प्रायाेजनमा नाङसाल युवा क्लबले आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा पहिलो पटक ल्होछार 8A साईड पुरुष फुटबल प्रतियोगिता हुने भएकाे हाे ।