बागमती १ माझगाउँको सूर्य मावि नजिकै गाडी दुर्घटना

मकवानपुरको बागमती गाउँपालिका वडा नं १ माझगाउँ स्थित सूर्य माध्यमिक विद्यालय नजिकै गाडी दुर्घटना भएको छ l गए राती राईगाउँ तर्फ जाँदै गरेको ना १ ज ८२८० नम्बरको  फोर्स गाडी दुर्घटना भएको हो l गए राती एक बजेको समयमा गाडी दुर्घटना भएको स्थानीयले बताए l

गाडी कहाँबाट र किन राईगाउँ तर्फ जादै थियो भन्ने खुलेको छैन l गाडी तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ l गाडीमा चालक सहित तीन जना सवार रहेको स्थानीयले जानकारी दिए l प्रत्यक्षदर्शी एक स्थानीयले भने – सवार तीनैजनालाई चोटपटक  लागेको छ, अपरिचित ति व्यक्तिहरु गाडीबाट ओर्लेर  कता गए थाहा भएन l उक्त गाडी राईगाउँदेखि काठमाडौंको रुटमा चल्ने गरेको स्थानीयले बताए l गाडीको अगाडिको शिशा फुटेको छ भने केही भागहरुमा क्षति पुगेको छ l

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *