चुनावमा पराजय भोगेपनी वचन पूरा गर्दै नेपाली काङ्ग्रेस सहमहामन्त्री उपाध्याय

संदेश संवाददाता – आशिष बल

नेपाली कांग्रेस बागमतीद्वारा गत सोमबार नेपाली कांग्रेस केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्यय”डिना”को  प्रमुख आतिथ्यता र बागमती प्रदेश उर्जा तथा खानेपानी मन्त्री तिर्थ लामाको विशेष आतिथ्यतामा सम्पन्न कार्य योजनाको  अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको नेपाली कांग्रेस बागमती गाउँ कार्य समितिका सचिव सुदिप पाख्रिनले जानकारी दिनुभएको छ ।

टोलीले बागमती-४ मा सम्पन्न लम्कनाको जनकल्याण आधारभूत विद्यालय तथा खेतियोग्य जमिन संरक्षण तटबन्धनको निरीक्षण अवलोकन गरि नेपाली कांग्रेस बागमती – ४ कार्य समितिद्वारा सोम बहादुर घिसिङको सभाध्यक्षमा लम्कना स्थित भेटघाट कार्यक्रम राखिएको थियो ।

त्यसै गरि बागमती -१ माझगाँउ स्थित राईगाँउ सिंचाई उपभोक्ता समितिको बृहत् उपभोक्ता भेला काजीमान भोलनको  सभाध्यक्षतामा र सह-महा मन्त्री डिना र उर्जा तथा खानेपानी मन्त्री लामाको आतिथ्यतामा भएको थियो ।

सोही क्रममा सम्पन्न कार्य योजनाको अनुगमनका साथै सह-महामन्त्रीद्वारा बागमती – २ स्थित राईगाँउको बलेखोला बस्ति बचाउ तटबन्धानको सिल्यानास समेत गर्नुभएको थियो ।

महा मन्त्री डिनाले चुनावमा सोचे जस्तो परिणाम नआए पनि जनतासामु गरेका बाचा पूरा गर्न आफू निरन्तर लागि पर्ने बताउनुभएको छ । नेताहरू पराजित भए पश्चात् गाउँ आउन छाडेका जन गुनासोलाई मध्यनजर गर्दै आफूले सरकारमा रहेका पार्टीका मन्त्रीहरु मार्फत खानेपानी, सिंचाई, झोलुङ्गे पुल जस्ता जनताको आशा र आवश्यक्ता पूरा गर्न सदैव लागिरहने वताउनु भयो । वहाँले मकवानपुरको बागमती गाउँपालिका वडा नं. २ राईगाउँ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने करिब ९ सय ९० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणको लागि प्रतिवद्धता व्यक्त गर्नु भएको छ l

साथै सह-महामन्त्री उपाध्यायले राईगाँउ सिंचाई उपभोक्ता समिति माझगाँउको लागि पर्याप्त मात्रामा प्रदेश मार्फत बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

बागमती-२ मा रहेको बले खोला बस्ति बचाउ तटबन्धनको सिल्यानास पश्चात् नेपाली कांग्रेस बागमती -२ का सभापती छवि बोम्जनको सभाध्यक्षमा भेटघाट कार्यक्रम राखिएको थियो । कार्यक्रममा बागमती प्रदेश सदस्य भक्त बहादुर राई, रामशरण माझी, सिंचाई डिविजन कार्यलय मकवानपुरका प्रमुख लगाएत पार्टी नेता कार्यताहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *