नेपाली काँग्रेस बागमतीद्वारा अवलाेकन तथा भेटघाट कार्यक्रम सम्पन्न ।

बागमती, मकवानपुर ।

नेपाली काँग्रेस बागमतीद्वार याेजना कार्य सम्पन्न अवलाेकन तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएकाे छ ।

नेपाली कांग्रेस बागमतीद्वारा आज साेमबार नेपाली कांग्रेस केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्यय”डिना”काे प्रमुख आतिथ्यता र बागमती प्रदेश उर्जा तथा खानेपानी मन्त्री तिर्थ लामाकाे विशेष आतिथ्यतामा सम्पन्न कार्य याेजानाकाे अनुगमन तथा भेटघाट कार्यक्रम गरिएकाे नेपाली कांग्रेस बागमती गाउँ कार्य समितिका सचिव सुदिप पाख्रिनले जानकारी दिनुभएकाे छ ।

टाेलिले बागमती-४ मा सम्पन्न लम्कना विद्यालय तथा खेतियाेग्य जमिन संरक्षण तटबन्धनकाे निरीक्षण अवलाेकन गरि नेपाली कांग्रेस बागमती- ४ कार्य समितिद्वारा साेम बहादुर घिसिङकाे सभाध्यक्षमा लम्कना स्थित भेटघाट कार्यक्रम राखिएकाे थियाे ।
त्यसै गरि बागमती -१ माझगाँउ स्थित राईगाँउ सिंचाई उपभाेक्ता समितिकाे बृहत् उपभाेक्ता भेला काजीमान भाेलनकाे सभाध्यक्षतामा र सह-महा मन्त्री डिना र उर्जा तथा खानेपानी मन्त्री लामाकाे आतिथ्यतामा भएकाे थियाे ।
साेहि क्रममा सम्पन्न कार्य याेजनाकाे अनुगमनका साथै सह-महामन्त्रीद्वारा बागमती – २ स्थित राईगाँउकाे बलेखाेला बस्ति बचाउ तटबन्धानकाे सिल्यानास समेत गर्नुभएकाे थियाे ।

महा मन्त्री डिनाले चुनावमा साेचे जस्ताे परिणाम नआए पनि जनतासामु गरेका बाचा पूरा गर्न आफू निरन्तर लागि पर्ने बताउनुभएकाे छ । नेताहरू पराजित भए पश्चात् गाउँ आउन छाडेका जन गुनासाेलाई मध्यनजर गर्दै आफुले सरकारमा रहेका पार्टीका मन्त्रीहरु मार्फत खानेपानी, सिंचाई, झाेलुङ्गे पुल जस्ता जनताकाे अाशा र अावश्यक्ता पूरा गर्न सदैव लागिरहने वताउनु भयाे ।

साथै सह-महामन्त्री उपाध्यायले राईगाँउ सिंचाई उपभाेक्ता समिति माझगाँउकाे लागि पर्याप्त मात्रामा प्रदेश मार्फत बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत गर्नु भएकाे छ ।

बागमती-२ मा रहेकाे बले खाेला बस्ति बचाउ तटबन्धनकाे सिल्यानास पश्चात् नेपाली कांग्रेस बागमती -२ का सभापती छवि बाेम्जनकाे सभाध्यक्षमा भेटघाट कार्यक्रम राखिएकाे थियाे । कार्यक्रममा बागमती प्रदेश सदस्य भक्त बहादुर राई, रामशरण माझी, सिंचाई डिविजन कार्यलय मकवानपुरका प्रमुख लगाएत पार्टी नेता कार्यताहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *