हेटौंडा, ८ माघ
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका महासचिब देब गुरुङले सबै कम्युनिष्ट पार्टीहरु एकता भएर मात्र देशको समृद्धी सुनिश्चितता गर्न सकिने बताउनुभएको छ । आज अन्तिम पटक युद्ध भएको स्थान मकवानपुरको झुरझुरेमा पुर्ब पि.एल.ए मकवानपुरको आयोजनामा भएको कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता गुरुङले अब छिटो नै माओबादीबाट टुक्रिएका दलहरुको एकता हुने बताउदै उहाँले अब सबै कम्युनिष्ट दलहरु एकै झण्डामा उभिनुपर्ने अबस्था रहेको समेत बताउनुभयो । उहाँले युद्धको बेलामा देखिएका परिबर्तनका सपना पुरा गर्न गर्न अझै बाँकी रहेको बताउदै भन्नुभयो “ शान्ती सम्झौता पछीको १८ बर्षको अबधी हामीले ब्यबस्था परिबर्तन गर्न सक्यौं तर अबस्था परिबर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुंगोमा पुगेको छैन यो पनि बाँकी छ ।” उहाँको अनुसार शान्ति सम्झौता टुंगोमा नपुगेको कारण समय समयमा समस्या आइरहेको बताउनुभयो । झुरझुरेमा भएको अन्तिम युद्धको स्मरण गर्दै उहाँले यस स्थललाई युद्ध पार्क बनाएको बागमती गाउँपालिकालाई धन्यवाद दिंदै पार्कको ब्यबस्थापनमा ध्यान दिएर संग्रहालय बनाउन समेत सुझाउनुभयो ।
त्यसैगरी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसंग सांटेर ल्याएको ब्यबस्था जनताको लागि भएको भन्दै जनताको अबस्था बदल्न सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले युवा, महिला, घाईते लगाएतको लागि बागमती प्रदेश सरकारले कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।
बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीले शहिदको रगतले लेखिएको ईतिहास जोगाउन र जनताको लागि ल्याइएको परिबर्तनको महशुस गराउन अझै कामहरु बाँकी रहेको बताउनुभयो । उहाँले तलबाट मात्र गरेको प्रयास प¥याप्त नभएको बताउनुभयो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले परिबर्तनको लागि गरिएको बलिदानीको ईतिहास कायम राख्न काम गरिरहेको बताउनुभयो । उहाँले झुरझुरेको युद्ध क्षेत्रलाई पार्कको रुपमा विकास गरिने समेत बताउनुभयो ।
कार्यक्रममा पुर्ब लडाकुहरुको उपस्थिती रहेको थियो भने युुद्ध भैरहेको समयमा जन्मिएका युद्धबिर बैजुको जन्मदिन समेत मनाइएको थियो ।