
संवाददाता आशिष बल
मकवानपुरको पूर्वी बागमती गाउँपालिकामा पहिलो पटक सहकारी केन्द्र नेपालको भेला सम्पन्न भएको छ ।
आज शुक्रबार सम्पन्न भेलाबाट विवेक सिंतान अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ l
उपाध्यक्षमा डोर बहादुर थापा, सचिवमा राजकुमार सिन्चुरी, सहसचिवमा श्याम लोप्चन, कोषाध्यक्षमा भगवती माझी सहित १३ सदस्यीय कमिटी चयन गरेको अध्यक्ष सिंतानले जानकारी दिनु भयो l
फापरबारी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा भएको सो भेलामा नेकपा माओवादी केन्द्र बागमती परिषद सदस्य एवम् वडा अध्यक्ष कमान सिं पाख्रीनको प्रमुख आतिथ्य रहेको थियो l
भेलामा सहकारी केन्द्र नेपाल बागमती प्रदेश कमिटी सदस्य ज्ञान सागर भोलन,नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बल, सचिव रहर सिं थिङ लगायतका आतिथिहरुको उपस्थिति रहेको थियो l
