भैरव आविका विद्यार्थीलाई डिभाईनकाे न्यानो कपडा

संवाददाता आशिष बल,

बागमती । मकवानपुरको सुदुरपुर्वी बागमती गाँउपालिकाका एक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । आज मंगलबार बागमती गाँउपालिका वडा नं ८ स्थित श्री भैरव प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीलाई डिभाईन युथ क्लब नेपाल हेटौंडाले जगतगुरुत्तम दिवशकाे अवसर पारेर न्यानो कपडा वितरण गरिएकाे हाे ।

संस्थाले सय थान न्यानो कपडाका साथै प्रत्येक विद्यार्थीलाई  एक सय थान टोपी, एक सय थान सिसाकलम र ३ सय थान कपि लगाएतका शैक्षिक सामग्री पनि वितरण गरिएकाे डिभाईन युथ क्लब नेपाल हेटौंडाका संयोजक विवेक सुवेदीले जानकारी दिनुभयो।


डिभाईन युथ क्लब नेपाल हेटौंडाद्वारा न्यानाे कपडा वितरण कार्यक्रममा अर्जुन जिसिकाे अध्यक्षता र बागमती गाँउपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी सर्केश घलानबाट न्यानो कपडा वितरण गर्दै अध्यक्ष घलानले सहयोगका लागि संस्थालाई विशेष धन्यवाद दिदै, देशको हरेक समस्याहरुमा सबै तह तप्काबाट यसै गरि सहयोग पाए अवश्य पनि देश परिवर्तन हुने समेत जिकिर गर्नुभएको थियो ।
मन्तव्यकै क्रममा विव्यस अध्यक्ष रामलाल सिङ्तानले न्यानो कपडा वितरण गर्ने उक्त डिभाईन क्लबलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएकाे थियाे ।

कार्यक्रममा बागमती गाँउपालिका वडा नं ८ का अध्यक्ष इन्द्रमणी तिमल्सिना, वडा नं ८ का वडा सदस्य जय बहादुर लोप्चन, धन बहादुर पाख्रीन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य रामलाल सिंतान, बागमती गाँउपालिका पशुसेवा शाखा प्रमुख राजेन्द्र गोले, विद्यालयका प्रधानाध्यापक हेमुराना मगर, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्त बहादुर सिङ्तान र सिर्जना वाईबा लगाएत आतिथ्यता रहेकाे थियो ।

कार्यक्रममा डिभाईन युथ क्लबका अध्यक्ष अर्जुन जिसिले मन्तव्यमा आफ्नो संस्थाको बारे स्पष्ट पार्दै जिसिले कार्यक्रम समापन गर्नुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *