माओवादी केन्द्र बागमतीको सबै वडामा वडा सम्मेलन सम्पन्न

संवाददाता – आशिष बल

मकवानपुर (बागमती) l   “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” अन्तर्गत नेकपा माओवादी (केन्द्र) बागमती गाउँपालिका कमिटीले सबै वडामा वडा सम्मेलन सम्पन्न गरेको छ । पार्टीले पालिकाभित्रका ९ वटै वडामा सम्मेलन गरी वडा कमिटी चयन गरेको छ । गत शनिवार ९ नम्बर वडामा, आइतबार १, २, ४, ६ नम्बर वडामा र सोमबार ३, ५, ७ र ८ नम्बर वडामा वडा सम्मेलन गरेको हो ।

आइतबार वडा नम्बर१ मा भएको बडा सम्मेलनले डोर बहादुर थापा क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रदिप राई, कोषाध्यक्षमा शान्तिमाया राई, सचिवमा रत्न बहादुर राई र सह-सचिव कुमार विष्ट चयन हुनुभएको छ। बागमती २ मा राजकुमार सिन्चुरीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा राजकुमार राई, सचिवमा प्रेम पाखिन, सह-सचिवमा विकी पहरी र कोषाध्यक्षमा सिर्जना पहरी श्रेष्ठ चयन हुनुभएको छ । डोरबहादुर थापा क्षेत्रीको अध्यक्षमा भएको सो सम्मेलनमा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक सर्केश घलान प्रमुख आतिथ्य रहेको थियो । पार्टीको पालिका अध्यक्ष अरुण बल,यहुन्ना राई,भेष बहादुर घिसिङ लगायतको अतिथिहरुको उपस्थिति थियो । सम्मेलनमा नेकपा एमाले र नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश भएको छ l हर्क गोले,ज्योति बिक, कल्पना बिक,भिम बहादुर खड्का , नारायण बल,उर्मिला राई लगायतले  एमाले पार्टी परीत्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् l यस्तै नेपाली काङ्ग्रेसबाट राम बहादुर बिक,फस्ट बहादुर बिक, धन बहादुर गोले,बुद्धिमान लोप्चन,गोकुल आले,भुवन श्रेष्ठ लगायतका सदस्यहरु प्रवेश गरेका छन् ।,नव प्रवेशीहरुलाई प्रमुख अतिथी प्रेम बहादुर पुलामी, विशिष्ट अतिथी सर्केश घलान र बागमती गाउँकमिटी अध्यक्ष अरुण बल लगायतकाले खादा अबिर लगाई पार्टीमा  स्वागत गर्नुभएको थियो l

यस्तै वडा नम्बर ३ मा भएको बडा सम्मेलनले वीर बहादुर थिङको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय जिम्बा, प्रमिला माझी र वीर बहादुर पाख्रिन चयन हुनुभएको छ । यस्तै सचिवमा अभिषेक मोक्तान, सह-सचिवमा पन्चमान तितुङ, बसन्ती माया मोक्तान र कोषाध्यक्षमा तुलसा थोकर चयन हुनुभएको छ । सम्मेलन वीर बहादुर थिङको अध्यक्षता र पार्टीको केन्द्रीय सदस्य बिश्नु सापकोटाको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो। अतिथिहरु प्रदेश परिषद सदस्य कमान सिं पाख्रीन,गाउँकमिटी अध्यक्ष अरुण बल, बाबुलाल पाख्रिन, भगवती माझी,रतन बज्यु लगायतको उपस्थिति रहेको थियो l

वडा नम्बर ४ मा भएको सम्मेलनले भूमिलाल माझीको अध्यक्षतामा २९ सदस्यीय बडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मङ्गल बहादुर गोले, वीर बहादुर जिम्बा र मिलन पहरी चयन हुनुभएको छ । यस्तै सचिवमा श्याम लोप्चन, सह-सचिवमा नेमा दोर्जे थिङ, प्रमोद बाईवा र कोषाध्यक्षमा ज्योमो माया बज्यु चयन हुनुभएको छ । सम्मेलनमा एमालेबाट सुब्बा गोले ,तोप बहादुर जिम्बा ,मीन मोक्तान र नेपाली काङ्ग्रेसबाट कोपिला मगर ,वीर बहादुर घिसिङ ,सोम बहादुर जिम्बा ,भक्त बहादुर राई,मनकुमारी मगर,सन्त बहादुर थिङ लगायतले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए l  नव प्रवेशीलाई प्रमुख अतिथी जिल्ला संयोजक सर्केश घलानले खादा अबिर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो  l

वडा नम्बर ५ मा भएको वडा सम्मेलनले विजय भोलनको अध्यक्षतामा वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरी बहादुर पुलामी र सोम बहादुर भोलन चयन हुनुभएको छ । यस्तै सचिवमा श्रवण माझी, सह-सचिवमा श्रीकृष्ण विक र कोषाध्यक्षमा नाड्‌साल माया थोकर चयन हुनुभएको छ ।

वडा नम्बर ६ मा भएको वडा सम्मेलनले पुकार अस्तानीको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जस्विर घिसिङ, सचिवमा कमल बहादुर पुलामी, सह-सचिवमा अमृत कुमार भुजेल, दल बहादुर डिम्डुङ र कोषाध्यक्षमा सरस्वती भोलन चयन हुनुभएको छ । वडा सम्मेलनमा विभिन्न पार्टी परित्याग गर्दै २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन् ।

यसैगरी  वडा ७ मा भएको वडा सम्मेलनले अक्कल बहादुर गोलेको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण बहादुर राई र रविन थोकर चयन हुनुभएको छ । यस्तै सचिवमा सुजन भोलन, सह-सचिवमा बालकुमार पुलामी र कोषाध्यक्षमा अमृता राना चयन हुनुभएको छ ।

वडा नम्बर ८ मा भएको वडा सम्मेलनल पूर्ण बहादुर थिङको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा करण स्याङ्तान र चन्द्र बहादुर पाख्रिन चयन हुनुभएको छ । यस्तै सचिवमा दिल कुमार योन्जन, सह सचिवमा विरेन्द्र समाल र कोषाध्यक्षमा विष्णुमाया घलान चयन हुनुभएको छ ।

साथै  वडा नम्बर ९ मा भएको वडा सम्मेलनले अशोक रखालको अध्यक्षतामा २९ सदस्यीय वडा समिति  चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरेश लोप्चन, सचिवमा सूर्य बहादुर घलान, सह सचिवमा निराजन थापा मगर र कोषाध्यक्षमा मनकुमारी सिंजाली चयन हुनुभएको छ । सम्मेलन अशोक रखालको अध्यक्षता र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमा मकवानपुर जिल्ला संयोजक सर्केश घलान, जिसस सदस्य बिमल थिङ,दन्तलाल माझी,गाउँकमिटी अध्यक्ष अरुण बल लगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न पार्टी परित्याग गर्दै २५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *