कार्यकर्ताबाट चुनिएका नेता र जनताबाट अनुमाेदित प्रतिनिधिकाे अभ्यास जरुरी छ : पुर्व अर्थ मन्त्री पुन ।

आशिष् लामा बल

साेमबार ०२, पाैष ।

बागमती, मकवानपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा नेपाल सरकारका पुर्व अर्थ मन्त्री बर्षमान पुनले पार्टी भित्र कार्यकर्ताबाट चुनिएका नेता र जनताबाट अनुमाेदित प्रतिनिधिकाे अभ्यास गर्नु पर्ने बताउनुभएकाे छ ।
जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज साेमबार मकवानपुरकाे बागमतीमा भएकाे अगुवा कार्यकर्ता स्कुलिङ प्रशिक्षण कार्यक्रममा साे कुरा व्यक्त गर्नुभएकाे हाे ।

पुनले प्रशिक्षणका क्रममा “हामी जनतामा प्रतिस्पर्धाबाटै आफ्नाे विचार  र राजनितिक श्रेष्ठता कायम गर्दछाै, यहि नै हाम्राे राजनैतिक कार्यदिशा  हाे । माक्सवाद, लेनिनवाद, माआेवाद अनि नेपाली माैलिकता र हाम्रा कार्यक्रमहरुले पार्टीकाे दिशानिर्देश गर्नेछ; भन्नुभएकाे छ ।
समाजिकीकरण, उत्पादन र जनताका दु:ख सुखसँग जाेडिएका नेता कार्यकर्ताहरू तयार गरि संसदीय प्रतिस्पर्धाबाट जनताका पक्षमा कानुन र नीति बनाउन सक्ने नेतृत्व तयार गर्नुपर्ने र गणतन्त्र, संघियता, समावेशिता, धर्मनिरपेक्षता र समाजिक न्यायलाई आधार मानेर समाजवादकाे लक्ष्य प्राप्त गर्ने उदेश्य रहेकाे बताउनुभएकाे थियाे ।


यता एउटै जहान परिवारमा हस्तान्तरण हुने जहानिय शासनकाे अन्य गरि ल्याएकाे संघियता, शासनमा पहुंच नभएका जनताहरुकाे लागि सुहांउदाे र जनताकै छाेराछाेरि मालिक हुने व्यवस्था भएकाे जिकिर समेत गर्नु भएकाे थियाे ।

अगुवा कार्यकर्तालाई नेकपा माओवादी पार्टीका स्थायी कमिटी सदस्य  एवम प्रशिक्षक पर्शुराम तामाङ, केन्द्रीय सदस्य तथा प्रशिक्षक लेखनाथ न्यौपाने र बागमती प्रदेश कमिटी अध्यक्ष तथा प्रशिक्षक सरल सहयात्री पौडेलले पार्टीको नीति तथा सिद्धान्त, संघीयता र समावेशीता लगायतका विषयमा प्रशिक्षित गराएकाे बागमती गाउँ कमिटी ईञ्चार्ज ज्ञान सागर भाेलनले जानकारी दिनुभएकाे छ ।

उक्त प्रशिक्षणसंगै कार्यक्रममा नेपाली काङ्ग्रेस बिपिको मकवानपुर जिल्ला उपसभापति भिम प्रसाद घिमिरे लगाएत नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि १७ जना नेकपा माओवादी केन्द्रमा प्रबेश गराईएकाे थियाे । प्रबेशिहरुलाई प्रमुख अतिथी वर्षमान पुनले खादा लगाई बधाई अनि पार्टीमा स्वागत गर्नुभएको थियो ।

हाल देशैभर नेकपा माआेवादी केन्द्रकाे जनतासंग माआेवादी विशेष रुपान्तरण अभियान अन्तिम चरणमा चलिरहेकाे छ । अभियान अशाेज देखि मंसिरसम्म तिन महिने रहने भनिए पनि एक महिना थप गरि चार महिने बनाईएकाे छ । शान्ती सम्झाैता र पहिलाे संविधान सभाकाे चुनाव पश्चात् शहर पसेका आरेप खेपिएका माआेवादी पुन: “जनजनमा माआेवादी, घरघरमा माआेवादी” भन्ने नाराका साथ यश अभियानबाट जनताका दु:ख सुख साटासाट गर्न गाउँ छिरेका छन । आउंदाे चुनावमा जनताले पुन: ०६४ कै अवस्थामा माआेवादलाई पहिलाे पार्टी वनाउने दावी यश अभियानले गरेकाे छ ।
यस तीन महिने अभियानले बागमती गाँउपालिकामा थप ३०% जनता नेकपा माओवादी केन्द्रमा आकार्शित भएको र पार्टी प्रवेशकाे क्रम बढी रहेकाे गाउँ कमिटी उपाध्यक्ष बल बहादुर पाख्रिनले बताउनु भएकाे छ ।

बागमती गाउँकमिटी अध्यक्ष अरुण बलको अध्यक्षतामा सम्पन्न एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा माआेवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व सभामुख ओन्सारी घर्ती, केन्द्रिय सदस्य एवम प्रस सेन्टर केन्द्रीय अध्यक्ष विश्नु सापकोटा जुगल, बागमती पार्टी उपाध्यक्ष प्रेम बहादुर पुलामी, मकवानपुर जिल्ला संयोजक सर्केश घलान, प्रदेश कमिटी सदस्य बच्छ्यु खड्का गोले, प्रदेश परिषद सदस्य कमान सिङ पाख्रीन, प्रदेश कमिटी सल्लाहकार लाल सिङ सिङ्तान, बागमती गाँउकमिटी ईञ्चार्ज ज्ञान सागर भोलन, मकवानपुर जिसस दन्तलाल माझी, बिमल थिङ, जनक बहादुर पहरि,  लगाएतको उपस्तिथि रहेकाे थियाे । प्रशिक्षण कार्यक्रममा बागमती गाउँपालिका भरिका नेकपा माओवादी केन्द्रको सकृय कार्यकर्ताहरु लगभग ७०० जना प्रशिक्षणमा प्रत्यक्ष उपस्थिति रहेको बागमती गाउँकमिटी अध्यक्ष अरुण बलले बताउनु भयो ।कार्यक्रम गाउँकमिटी सचिव रहर सिङ थिङले संचालन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *