वडा कार्यालय द्वारा लक्षित समुदायलाई नौमती बाजा र आरन वितरण

बागमती, मकवानपुर l पछिल्लो सयमा युवा पुस्तामा विदेशी संकृतिकाे प्रभाव परेको छ l साथै युवापुस्ताको पलायन पनि बढ्दो छ l जसको कारण नेपाली पहिचान र लोक संस्कृति लोप हुने संकेत देखा परेको छ l यसै सन्दर्भमा लोक कला तथा संस्कृतिको संरक्षणमा वडा पालिको ध्यानाकर्षण भएको छ  l साथै लोक संस्कार संस्कृतिको संरक्षण तथा संवर्धनमा वडा अध्यक्षले चासो देखाएका छन् l

मकवानपुरको बागमती गाउँपालिका वडा नं १ को कार्यालयले आज नेपाली पहिचान झल्काउने लोक बाजा नौमती बाजाको र आधुनिक आरन दलित समुदायलाई वितरण गरेको छ l आज मंगलबार वडा कार्यालयको प्रांगणमा औपचारिक कार्यक्रम गर्दै लक्षित समुदाय र व्यक्तिलाई सामग्री वितरण गरिएको वडा अध्यक्ष यहुन्ना राईले जानकारी दिनु भयो l

आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत बजेटको  वडा कार्यालयबाट विनियोजित महिला, जेष्ठ नागरिक तथा दलित समुदाय लक्षित कार्यक्रम शीर्षक अन्तर्गतको बजेटबाट सामग्री खरिद गरी वितरण गरिएको अध्यक्ष राई बताउनु भयो l विनियोगित ३ लाख बजेटबाट नौमती बाजा अन्तर्गत पर्ने बाजाहरु दमाहा २ थान, ट्याम्को २ थान, नर्सिङ्गा २ थान, झ्याम्टा १ थान, सनाई २ थान र ढोलक(मादल) १ थान  खरिद गरी वितरण गरेको छ l  नौमती बाजा खरिदमा एक लाख ९६ हजार छ सय २० रुपैयाँ लागेको अध्यक्ष राईले बताउनु भयो l

नौमती बाजा वडा नं १ स्थित बोटगाउँका दलित समुदायका नौमती बाजा समुहलाई वितरण गरिएको थियो l  नौमती बाजा प्राप्त गरे पश्चात नौमती बाजा समुहका एक सदस्यले भने- हामीले यो बाजा पायौं हामी धेरै खुशी छौं, हामीले हिजोको दिनमा पनि संस्कृतिको संरक्षणमा लागेकै थियौं, अब झन आगामी दिनमा  संस्कृतिको संरक्षण गर्दै समुदायको माग अनुसार सहुलियत मुल्यमा सेवा दिने साथै नयाँ पुस्तालाई सीप तथा कला हस्तान्तरणका लागि प्रशिक्षण दिने प्रतिवद्धता जाहेर गर्दछौं , उनले भने l नौमती बाजा समुहले अरु थप बाजाको माग समेत गरेका छन् l समुहको माग प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै वडा अध्यक्ष राईले  प्रभाकरिताको आधारमा आगामी वर्षमा बाजा खरिदका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो l नौमती बाजा समुहले प्राप्त बाजा बजाउदै नाच्दै गाउँ परिक्रमा गरेका थिए l

त्यसै गरी वडा कार्यालयले आज विपन्न परिवारका तीन जनालाई विद्युतीय आधुनिक आरन समेत वितरण गरेको छ l आधुनिक आरनका लागि आवश्यक पर्ने ब्लोर मोटर २ थान, ड्रायर कम्प्रेसर ३ थान, वेल्डिङ मेसिन ३ थान, ग्रेण्डर मेसिन ४ थान र हम्मर ७ थान खरिद गरी वितरण गरेको थियो l

सामग्री खरिद गर्दा एक लाख ३ हजार ७ सय ३४ रुपैयाँ  लागेको अध्यक्ष राईले जाकारी दिनु भयो l उक्त सामग्री वडा नं १ स्थित बोटगाउँका नरबहादुर विश्वकर्मा, माझगाउँका कृष्णबहादुर विश्वकर्मा र रामपुरका नरबहादुर विश्वकर्मालाई वितरण गरेको थियो l   पछिल्लो समय परम्परागत आरन लोप हुँदै गएको र विद्युतको पहुँच पश्चात विद्युतीय आधुनिक आरनको प्रचल हुन लागेको हुँदा आधानुनिक आरन वितरण गरिएको अध्यक्ष राईको भनाइ थियो l यस कार्यक्रमले विपन्न तीन परिवारको आर्थिक अवस्थामा सुधार हुने एवम् जीवन यापनमा सहज हुने अपेक्षा अध्यक्ष राईको छ l

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.