बागमती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसको पहिलो सातामा हुने

बागमती मकवानपुर l बागमती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुसको पहिलो सातामा हुने भएको छ l गाउँ शिक्षा समितिको आज बुधबार बसेको बैठकले स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुस ६ देखी ८ गतेसम्म तीन दिन संचालन गरिने निर्णय गरेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनु भयो l

मकवानपुर जिल्ला खेलकुद विकास समितिले गत असोज ११ गते पत्राचार गर्दै स्थानीय तहहरुले यही मङ्सिर मसान्तसम्ममा प्रतियोगिता सम्पन्न गरी प्रतिवेदन पेश गर्न अनुरोध गरेता पनि पालिकाको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार पुसको ६ गतेदेखि प्रतियोगिता संचालन गर्ने निर्णय भएको पालिका शिक्षा शाखा स्रोतले जनाएको छ l

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा आज बुधबार खेलकुद विकास समिति र प्रधानाध्यापकहरु संगको संयुक्त बैठकबाट स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरेको छ l प्रतियोगिता पालिकाको वडा नं ४ स्थित झुरझुरेको खेलमैदानमा गर्ने निर्णय भएको संयोजक टिकालाल श्रेष्ठले बताए l

प्रतियोगितामा पालिका अन्तर्गतका पाँचवटा माध्यकिक विद्यालय र एघारवटा आधारभूत विद्यालयका विद्यार्थीहरु सहभागी हुने प्रतियोगिता आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी गराए l

गत वर्ष सम्पन्न बागमती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नं. ८ स्थित जनता माविले हात पारेको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *