

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंबाट मकवानपुरका एक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं थानकोट बस्ने ४५ बर्षीय ज्ञान बहादुर मोक्तान र सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ का ४५ बर्षीय शेर बहादुर वाईबा रहेका छन् ।
उनीहरुले नम्बर प्लेट परिवर्तन गरि चलाएको २२० सिसिको पल्सर दुई थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीका अनुसार मोक्तानको साथबाट बागमती प्रदेश ०२०३३ प ९१८८ नम्बरको कालो रातो च्यासिस नम्बर MD2A13EX9MCG92821 र ईन्जिन नम्बर DKXCMG24494 भएको २२० सीसी पल्सर मोटरसाइकल फेला परेको हो। उक्त मोटरसाइकलको बास्तबिक नम्बर बा.प्र.०२–०३४ प २५६४ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बाईबाको साथबाट बागमती प्रदेश ०२–०४१ प ५५१२ नम्बरको रातो कालो च्यासिस नम्बर MD2A13EX4WCM84165 र ईन्जिन नम्बर DKXCNM38497 भएको २२० सीसीको पल्सर मोटरसाईकल फेला परेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलको बास्तबिक नम्बर बागमती प्रदेश ०२–०४६प१३७५ खुल्न आएको प्रहरीले जनाएको छ ।
काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालको पार्किङ्गबाट हराएको निबेदन परेपछि प्रहरीले खोजी कार्य अगाडी बढाएको थियो । काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूस्थित सडकखण्डबाट उनीहरुलाई मोटरसाइकल सहित मंगलबार पक्राउ गरेको हो । उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप आवश्यक छानबिन तथा कारवाहीको लागी प्रहरी वृत्त महाराजगंजमा पठाईएको छ।
