आईतबार, १० मंसिर ।
मकवानपुर, बागमती । मकवानपुरकाे बागमती र सिन्धुलीकाे हरिहरपुरगढी गाँउपालिकाका विभिन्न स्थानमा निः शुल्क आँखा शिविर हुने भएकाे छ । हेटाैंडा सामुदायिक आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र बागमतीकाे मुख्य आयाेजना तथा बागमती गाँउपालिकाकाे सह-आयाेजनामा हुने शिविरमा काेरियली संस्था अनड्रिमकाे प्राविधिक सहयाेग हुने बताईएकाे छ ।
यहि मंसिर १२ देखि १६ गते सम्म बागमती र हरिहरपुरगढी गाँउपालिकाकाे विभिन्न स्थानमा शिविर सञ्चालन हुने भएकाे छ ।
मंसिर १२ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र बागमती-८ सात्तले र पिपलमाडी स्वास्थ्य चाैकी हरिहरपुरगढी- २ बाट विहान १० बजे देखि दिंउसाे ३ बजे सम्म सञ्चालन हुनेछ । त्यसै गरि मंसिर १३ गते बागमती- ३ काे जनप्रभात आवि कुटीभकारी र बागमती- १ काे माझगाँउ स्वास्थ्य सेवा केन्द्र माझगाँउमा सञ्चालन हुनेछ ।
मंसिर १४ गते बागमती- ६ काे बेतिनी स्वास्थ्य चाैकी फापरबारी र बागमती- ९ काे बेतिनी स्वास्थ्य चाैकीमा बेतिनीमा, मंसिर १५ गते बागमती- ४ काे सामुदायिक आँखा केन्द्र झुरझुरे र हरिहरपुरगढी- ७ काे क्यानेश्वर स्वास्थ्य चाैकीमा र मंसिर १६ गते बागमती- ५ काे गिता आ.वि मा शिविर सञ्चालन गरिने छ ।
शिविरका विरामीहरुका लागि नि: शुल्क आैषधीकाे व्यवस्था रहेकाे छ ।
शिविरबाट छनाेट भएका माेतिया विन्दुका विरामीहरुलाई १६ र १७ गते झुरझुरे स्थित रहेकाे सामुदायिक आँखा अस्पतालबाट नि: शुल्क आँखा अप्रेशन गरिने छ । अप्रेशनका विरामीहरुलाई आवत जावत र खानपानकाे समेत व्यवस्था रहेकाे सामुदायिक आँखा केन्द्र बागमती- ४ झुरझुरेका ईञ्चार्ज उत्सव थापाले बताईएकाे छ ।
विशेष गरि ४० बर्ष भन्दा माथीका र बृध्दाअवस्थाका आँखामा समस्या हुनेहरुका लागि शिविर सञ्चालन गर्न लागिएकाे जनाईएकाे छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुमा आँखाको स्वास्थ्य प्रवर्द्धन गर्नका साथै आँखा हेरचाहका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने उदेश्यका साथ शिविरकाे आयोजना गरिएको ईञ्चार्ज थापाले बताउनु भएको छ ।
आँखा शिविर सँगै क्षयराेग पनि परिक्षण गरिने भएकाे छ । गाउँ गाँउमा रहेका क्षयराेगकाे विरामी पहिचान गर्न प्रत्येक शिविरसँगै खकार परिक्षण गरिने बागमती गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक दिनेश गुप्ताले बताउनुभएकाे छ ।