विहिबार ७ मंसिर, बागमती ।
मकवानपुरको बागमती गाँउपालिका कार्यालय नजिकै रहेको चौरा दोभानमा भव्य रुपमा एकादशी मेला लागेको छ । मेलाका अवसरमा विहिबार बिहानैबाट देउडीङ महादेवको दर्शन गर्न र मेला अवलोकन गर्न सयौं भक्तजन र दर्शकहरुको घुइचो लागेको छ ।
मकवानपुरको सुदुरपुर्वी क्षेत्रमा हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने एक मात्र मेलामा हेटौंडा, बकैया गापा, तथा आसपासका जिल्लाहरुबाट आउने तिर्थालु तथा दर्शनार्थीहरुको भिड लाग्ने गरेको डेउडीङ एकादशी मेला व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर थिङले बागमती सन्देशलाई बताउनु भएकोृ छ । सुरुसुरुमा राती पनी लाग्ने गर्दथ्यो, बगरमाथी लाग्ने यस मेलामा राती झै झगडा भै एक जना मारेको र सो समय देखी दिउसो लाग्ने गरेको अध्यक्ष थिङले बताए ।
मेलामा सून्तला, जुनार, तरुल, पिंडालु, उखू, कटुस, भोगटे, निबूवा, केराका सथै विभिन्न स्थानीय फलफुलहरु पाईन्छ ।
यहाँ स्थानीय झ्याउरे, तामंग्सेलो जस्ता गीतमा रमाइलो गर्छन ।
डेउडीङ महादेवको दर्शन गर्न पाउंदा आफ्नो मनोकाङ्क्षा पुरा हुने बकैया ८, खजुली दमारका ७५ बर्षिय दशरथ थोकर बताउनुहुन्छ । उहाँ १० बर्षको हुंदा देखि नै मेलाको दर्शन गर्न बर्षेनी आउने गरेको बताईएको छ । सुरुमा बागमती खोला र चौरा खोला बीचको पहरामा महादेवको गुफा रहेको र पछि ५० सालको बाढीले पुरेको थोकरले हामीलाई बताउनु भएको छ । म सानो छदाँ मेला राती पनी लाग्थो, पछि जँगली जनावर (बाघ, भालू, चितुवा) ले राती आक्रमण गर्ने, मान्छेहरु ढूङगा हनाहान गरी झगडा गर्ने गरेका कारण दिउंसो मात्र लाग्ने गरेको बृध्दा थोकरले बताउनु भयो ।
अर्काे बर्ष देखि मेलाको आकर्षण बढाउन राष्ट्रिय तथा स्थानिय कलाकारहरु सहितको सँगितिक मनोरञ्जनको व्यवस्था गर्ने डेउडिङ एकादशी मेला व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर थिङले बताउनु भएको छ ।