मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरु

बिहिवार, ७ मंसिर २०८०
मकवानपुरगढी गाउँपालिका कार्यालयले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गरेको छ । गाउँपालिका कार्यालयले मंसिर १ गते देखि बिहान १० बजे सबै कर्मचारीलाई कार्यालयको प्राङ्गणमा उभ्याई राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो । कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागि प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले बताउनु भयो । गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानल भन्नुभयो “यस प्रक्रियाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव,राष्ट्रप्रतिको अपनत्वको भावको समेत विकास भई, लगनशीलता, काम गर्ने हौसलाका साथै कर्मचारी समयमै कार्यालयमा हाजिर हुने बानीको समेत विकास हुन्छ।” उहाँले यस कार्यलाई निरन्तरता दिइने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुवैलाई समेत अनुशासित हुन टेवा पुग्ने विश्वास रहेकोसमेत बताउनुभयो। विगतमा कर्मचारी समयमा कार्यालयमा उपस्थित नहुनेृ गरेको सेवाग्राहीले गुनासो गरेका थिए । कर्मचारी आफ्नो समयमा उपस्थित भए सेवा प्रवाह छिटो छरितो भरपर्दो हुने सेवाग्राहीको भनाइ छ । अहिले कार्यालयले ईहाजिरीको पनि ब्यबस्था गरिएको प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *