बागमती-१ का अपाङ्गता परिवारलाई अत्यावश्यक सामग्री वितरण

 आशिष् बल ।

मकवानपुरकाे बागमती- १ का अपाङ्ग परिवारलाई हिजाे मंगलवार अत्यावश्यक सामग्री वितरण गरिएकाे छ । नेकपा माओवादी केन्द्र १ नं. वडा कमिटीका अध्यक्ष डाेर बहादुर थापा र सचिव प्रदिप राईद्वारा अति दुःख झेलिरहेका परिवारलाई अत्यावश्यक  सामाग्री वितरण गरिएको हो ।

बागमती गाउँपालिका -१ तुरतुरे निवासी भक्त बहादुर श्रेष्ठको परिवारलाई चामल, तेल, नुन, मसला वितरण गरेको छ ।सिन्धुली जिल्ला बाट २०५७ सालमा मकवानपुर बसाइँसराइ आउनु भएका ६८ वर्षका श्रेष्ठ तीन वर्ष देखि अपांग रहेको र श्रीमती लक्ष्मी श्रेष्ठले हेरचाह गरिरहेको नेकपा माओवादी केन्द्रको युवा नेता यमन थिङले बताउनु भयो । श्रेष्ठकाे मेरुदण्ड र दुवै आँखामा समस्या रहेकाे छ । श्रेष्ठ ड्राईभिङ पेशा गर्नुहुन्थ्याे । श्रेष्ठकाे परिवारमा छाेरा छाेरी छैनन् ।

श्रेष्ठकाे परिवारलाई खाद्यान्न वितरण सङ्गै बागमती -१ करौजेको आकास राई र सनिका माया राईको परिवारलाई न्यानो ब्लाङ्केट वितरण गरिएको छ । उक्त परिवारको श्रीमान श्रीमती दुबै अपांग रहेको वडा अध्यक्ष यहुन्ना राईले बताउनुभयो । ४५ बर्षका आकाश राई र ३५ बर्षकी सनिका माया राई दुबै अपांग रहेता पनि अहिलेसम्म अपाङ्गता परिचय-पत्र पाएका छैनन् । आकाश हात खुट्टा नचल्ने र बाेल्न सक्दैनन् ।  सनिकाकाे मेरुदण्डकाे समस्या रहेकाे छ । अपाङगता-परिचय पत्रका लागि तत्काल पहल गर्ने अध्यक्ष यहुन्ना राईले प्रतिवद्धता जनाउनु भएकाे छ । उनिहरुकाे बर्ष ६ काे एउटी छाेरी छ ।

सामाग्री वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रको बागमती गाउँकमिटी सदस्य भेष बहादुर घिसिङ, स्थानिय पत्रकारद्वय आशिष् बल र बिबेक सिङ्तान, वडा कमिटी सदस्य कुमार बिष्ट लगाएतको उपस्थितीमा सामाग्री वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *