नेकपा माआेवादी केन्द्र बागमती-३ मा टाेल भेला सम्पन्न, टाेल कमिटी र अनेमा संघ गठन ।

 

बागमती, मकवानपुर ।

शनिबार, ०२ मंंसिर ।

ने.क.पा. माआेवादी केन्द्रले सञ्चालन गरेकाे ३ महिने जनतासँग माआेवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बागमती -३ मा टाेल भेला सम्पन्न गरिएकाे छ ।

आज डाँडाटाेल स्थित रवि सिंतानकाे अध्यक्षता रहेकाे भेलामा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी “छिन्तु” काे प्रमुख आतित्थ्यता एवम् मकवानपुर जिल्ला समन्वय समिति संयाेजक सर्केश घलानकाे विशिष्ट आतित्थ्यतामा बागमती -३ काे अन्तिम भेला राखी टाेल कमिटी गठन गरिएकाे बताईएकाे छ ।

भेलाले पार्टी टाेल कमिटी र महिला टाेल कमिटी गठन गरिएकाे छ । रवि सिंतानकाे अध्यक्षतामा ९ सदस्यीय पार्टी टाेल कमिटी र नानी माया वाईबाकाे नेतृत्वमा ७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तीकारी डाँडाटाेल कमिटी गठन गरिएकाे छ ।

उक्त भेलामा नेकपा एमाले परित्याग गरि ३ जना नेकपा माआेवादी केन्द्रमा प्रवेश गरिएकाे छ । प्रवेश हुनेमा मनाेज गाेले, शंकरमान घलान र विकमान गाेले रहेका छन ।

टाेल भेलामा बागमती प्रदेश परिषद कमिटी सदस्य एवम् ३ नं. वडा अध्यक्ष कमान सिं पाख्रिन, गाउँ कमिटी उपाध्यक्ष बल बहादुर पाख्रिन, गाउँ कमिटी सदस्य रतन बज्यु, तुल बहादुर मुक्तान, अनेमा संघ क्रान्तिकारी केन्द्रिय सदस्य भगवती माझी, एकीकृत अखिल नेपाल शिक्षक संगठन ३ नं. कमिटी अध्यक्ष एक्का बहादुर दाेङ, एअनेशिसं २ नं. अध्यक्ष ज्ञान बहादुर वाईबा, अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष राेजल तामाङ लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.