मकवानपुर: नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जसरी तत्कालिन समय १० वर्षे जनयुद्ध देखि ०६२/०६३ काे ऐतिहासिक जनआन्दोलन सम्म आउदा वाइसीएलको भुमिका महत्त्वपूर्ण थियाे आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त र परिवर्तनशील भएर वाइसीएल लाग्न आग्रह गर्नुभएको छ।
वाइसीएल थाहा ७ को वडा भेलालाई शनिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मोक्तानले उक्त आग्रह गर्नुभएको हो।मन्त्री मोक्तानले भेलामा पार्टीको अवस्था र युवाहरूको भुमिकाबारे प्रकाश पारेका थिए।उनले देशमा परिवर्तन ल्याउन वाइसीएलको ठूलो भुमिका रहेको र आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त हुने र वाइसीएललाई परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका थिए ।
वाइसीएल ७ नम्बर वडाका अध्यक्ष तिलक बहादुर गोलेको अध्यक्षतामा सम्पन्न भेलामा थाहा नगर प्रमुख तथा माओवादी थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श,सहकारी बिभागका केन्द्रिय सदस्य बिष्णुहरी ढकाल जंगली,माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा,वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तान ,नवराज थिङ,वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र थिङ,माओवादी जिल्ला समन्वय सदस्य तथा भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी,वाइसीएल थाहाका अध्यक्ष मानसिं दोङ,उपाध्यक्ष जयशंकर आले मगर,वाइसीएल नगर सचिव युवराज बिष्ट ,माओवादी थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,तामाङ राष्ट्रिय मुक्ती मोर्चाका थाहा अध्यक्ष इमान सिं मोक्तान लगायत नेता कार्यकर्ता हरुको उल्लेख्य उपस्थिति रहेको थियो।
वाइसीएल थाहा नगर अनुशासन बिभाग प्रमुख मोहन शमशेर थिङले संचालन गरेको भेलाले वाइसीएल थाहा ७ को अध्यक्षमा पुनः तिलक बहादुर गोले लाई चयन गरेको छ।जस्को उपाध्यक्षमा दशरथ सिंजाली मगर,सचीव कृष्णा गोले,कोषाध्यक्ष रीता सुनुवार सदस्यहरु बुद्धिमान थिङ,मान बहादुर थिङ,लिलाराज गोले लगायत ३३ सदस्यीय कमिटी गठन गरियको मोहन शमशेर थिङले जानकारी दिए।