विहिबार, २३ कार्तिक ।
बागमती,मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका वडा नं.- ६ कैंले डांडामा विद्युत प्रशारण लाइनको स्तर उन्नति संगै थ्री फेज लाइनकाे उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका साथ बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी “छिन्तु”ले उद्घाटन गरिएकाे हाे ।
टु फेज लाइन विद्युत बिस्तार भएको लामो समय भए पनि स्थानियकाे आवश्यकता अनुसारकाे विद्युत उपलब्ध नभएका कारण थ्रि फेज सेवा विस्तार गरिएकाे उदघाटन कार्यक्रमका प्रमुख अतिथि पुलामीले बताउनु भएकाे छ । थ्रि फेज लाईन विस्तार पछि कैले डाडाँमा रहेको नेपाल टेलिकमकाे टावर सञ्चालनमा पनि सहज हुने भएकाे छ ।
विद्युत उद्घाटनपछि बोल्दै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उज्यालो गाउँपालिका बनाउने उदेश्य पुरा हुने चरणमा रहेको बताए । आफूहरु पालिकाको सर्वपक्षिय विकासमा तल्लिन भएको दाबी गर्दै अध्यक्ष घलानले विद्युत प्राधिकरणको समन्वयमा पालिका भरिनै विद्युतीकरणको काम यथासिघ्र अघि बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको जनाए । क्रमशः अन्य वडामा पनि विद्युतीकरणको काम तिब्र गतिमा अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।
बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानको पहलमा थ्रीफेज लाइन र ५० केबिए को ट्रन्सफर्मर राखिएकाे हाे । विद्युत बिस्तार भए पश्चात ६४ घरपरिवार लाभान्वित हुने भएकाे छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिष्णु प्रसाद सापकोटा “जुगल”, विद्युत प्राधिकरण बाग्मती उपशाखा फापरबारीका कर्मचारी कुमार पाख्रिन, कार्यपालिका सदस्य भिम भुजेल, मनोज बल, बाग्मती खेलकुद बिकास समिती अध्यक्ष टिका लाल श्रेष्ठ, पुर्ववडा अध्यक्ष ध्रुब थापा लगायत उपस्थित रहेकाे थियो।