मकवानपुरको पूर्वी बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु बिचको आधारभूत तह एवम् अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन भएको छ l प्रतियोगितामा वडा नं ६ रातोमाटे स्थित जनहित आधारभूत विद्यालय प्रथम भएको छ l
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज शुक्रबार गाउँपालिको सभा हलमा सम्पन्न आधारभूत तह (कक्षा ६-८) एवम् अन्तर विद्यालय स्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई पछि पार्दै जनहित आधारभूत विद्यालयले पहिलो स्थान हात पारेको हो l
त्यसैगरी वडा नं ८ शानितिपुर स्थित जनता माध्यमिक विद्यालय र वडा नं ४ पाँचपाण्डवका पन्चकन्या आधारभूत विद्यालय क्रमश: द्वितीय र तृतीय भएको छ l वडा नं ८ तल्लो भावानिपुरको वनदेवी आधारभूत विद्यालय र वडा नं ६ ठाडीखोला स्थित सीता आधारभूत विद्यालयले भने सान्त्वनामा मात्रै चित्त बुझाउनु पर्यो l
प्रथम हुने समुहमा जनहित आविका शिखर विक, युमी सिंतान र लजिमा लामिछाने रहेका छन् । यस्तै द्वितीय हुने समुहमा गगनदेव घिमिरे, सोनी घलान र पूर्णबहादुर थोकर रहेका छन् । यस्तै तृतीय हुने समुहमा रस्मिला माझी, अप्सरा विक र विकास मोक्तान रहेका छन् यस्तै सान्त्वना हुने वनदेवीको समुहमा रविन सिंतान, दावा भोलन र समिता पाख्रिन र सीता आविका पूर्णिमा दर्लामी, स्वर्णिमा पुलामी र अनुराधा श्रेष्ठ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने समुहलाई ७ हजार ५ सयसहित शिल्ड, मेडल र स्टेशनरी प्रदान गरिएको छ । यस्तै द्वितीय हुने समुहलाई ५ हजार ५ सय, तृतीय हुने समुहलाई ४ हजार रुपैयाँसहित शिल्ड, मेडल र स्टेशनरी वितरण गरिएको छ । यस्तै सान्त्वना पुरस्कार दुई विद्यालयलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।
कार्यक्रम पालिकाका सामाजिक विकास संयोजक एवम् वडा नं ३ का अध्यक्ष कमान सिं पाख्रिनको सभाध्यक्ष तथा पालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको थियो l कार्यक्रममा वडानं. ४ का वडाध्यक्ष दन्तलाल माझी “किरण”, वडा नं. ७ का अध्यक्ष उत्तर बहादुर भोलान, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, पालिका शिक्षक महासंघका अध्यक्ष वसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष वीर बहादुर राई लागायतको आतिथ्य रहेको थियो l
प्रविधिको प्रयोग गरी डिजिटल माध्यमबाट प्रतियोगिता संचालन गरेको थियो l प्रतियोगितामा समुह विभाजनका लागि लक्की ड्र तथा सबै प्रश्नहरु समेत डिजिटलबाटै सोधिएको थियो l पालिकामा यसरी डिजिटल हाजिरीजवाफ प्रतियोगिता गरेको पहिलो पटक भएको आयोजकले जनाएकोछ l
प्रतियोगितामा इन्ट्री राउण्डबाट सहभागी पन्ध्र विद्यालयहरु मध्ये उत्कृष्ट पाँच विद्यालयहरुले मात्रै दोस्रो राउण्डमा प्रवेश पाएका थिए l दोस्रो राउण्डमा जनरल राउण्ड, मल्टीपाल च्वाइस राउण्ड, इग्लिश वर्ड स्पेलिङ्ग राउण्ड, मिक्स राउण्ड , गाउँखाने कथाको चरण, आइक्यु /दिमाग खियाउने चरण, पोस्टर राउण्ड , अडियो राउण्ड , अडियो भिजुअल राउण्ड र र्यापिड फायर राउण्ड गरी दश चरण (राउण्ड) संचालन भएको थियो l
प्रतियोगिता वडा नं १ बाट सूर्य माध्यमिक विद्यालय र टंकेश्वर आधारभूत विद्यालय, वडा नं २ बाट बागमती माध्यमिक विद्यालय, वडा नं. ३ का ज्ञानमन्दिर आधारभूत विद्यालय र बिष्णु आधारभूत विद्यालय, वडा नं ४ का पन्चकन्या आधारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालय, वडा नं ५ का देवकी माध्यमिक विद्यालय, बागमती आधारभूत विद्यालय र गीता आधाभूत विद्यालय, वडा नं ६ बाट सीता आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालय, वडा नं ७ का चौरा आधारभूत विद्यालय र वडा नं ८ का जनता माध्यमिक विद्यालय र वनदेवी आधारभूत विद्यालय गरी जम्मा १५ वटा विद्याहरुको सहभागिता रहेको थियो भने वडा नं ९ का बाघ भैरव माध्यमिक विद्यालयले सहभागिता जनाएन l
पालिका अन्तर्गत कक्षा १२ सम्म संचालित विद्यालय ३, कक्षा १० सम्म संचालित २, आधारभूत कक्षा ८ सम्मको ११ र आधारभूत कक्षा ५ र सो भन्दा कम कक्षा संचालन भएका विद्यालय संख्या ३४ गरी सामुदायिक विद्यालयहरु ५० रहेको छ भने कक्षा ६ सम्म संचालित संस्थागत विद्यालय एक मात्र छ l पालिका भरका सामुदायिक र संस्थागत विद्यालयहरुमा ८ हजार एक सय तीस विद्यार्थीहरु अध्ययन गरिरहेको शिक्षा शाखा स्रोतले जानकारी दिएकोछ l