कार्तिक १६ देखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

भाेलि देखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । भोली कार्तिक १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ ।

यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *