तेस्राे राष्ट्रिय माझी गाेल्डकप फुटबल प्रतियाेगितामा तीन जिल्ला विजय ।

बुधबार, १५ कार्तिक ।

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा आज तीन खेल भएको छ ।

प्रतियोगितामा ओखलढुंगा ,मकवानपुर र रामेछापले विजयी सुरुवात गरेका हुन् । मरिण गाउँपालिका वडा न ७ स्थित बाह्रविसेको खेल मैदान भएको पहिलो खेलमा ओखलढुंगा विजयी भएको छ । ओखलढुंगाले नुवाकोटलाई ३ –० गोलको अन्तरले हराएको हो ।

खेलमा ओखलढुंगाको लागि कुमार माझी,सम्भु माझी र अधिराज माझीले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै ओखलढुंगा कुमार माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।


यस्तै आजै भएको दोस्रो खेलमा मकवानपुर विजयी भएको छ । मकवानपुरले स्याङ्जालाई २ -० गोलको अन्तरले पराजित गरेको हो । । मकवानपुरको लागि रोशन माझीले र अनिल माझीले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै मकवानपुरका अनिल माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै आजै भएको तेस्रो खेलमा रामेछाप विजयी भएको छ । रामेछापले सिन्धुली-बि लाई २-० गोलको अन्तरले पराजित गरेको हो । रामेछापको लागि रोशन माझीले र चन्द्रबहादुर माझीले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै रामेछापका चन्द्रबहादुर माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

प्रतियोगितामा २३ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *