

बागमती सन्देश ।
बुधवार, १५ कार्तिक ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित बुधवार बागमती गाउँपालिकामा अस्पताल शिल्यान्यास भएको छ ।
आज प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता र बागमती गाउपालिका अध्यक्ष सर्केश घलानकाे उपस्थितिमा बागमती- ५ कोइराला दमार स्थित १५ शैय्या सहिद स्मृति आधारभुत अस्पतालकाे सिल्यान्यास भएको हो ।
सिल्यान्यास कार्यक्रम आफ्नो मन्तव्य राख्दै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गर्न लागेको उनले बताए । काम गर्ने बेला कुनै त्रुटि नहोस, काम गर्ने र गराउने सबैलाई बेला बेलामा सहजीकरण गरिरहन सिवालय विल्डर्स र गाउँपालिकाको इन्जिनियरहरुलाई सुझाव दिनु भयो ।
१७ करोड ८८ लाख ६१ हजार मा अस्पताल निर्माणकाे जिम्मा सिबालय विल्डर्श प्रा. लि. काभ्रेले पाएको यस अस्पताल २३ जेठ २०८२ मा सम्पन्न गर्नु पर्ने सम्झाैता छ । आगामी अशाेज सम्ममा भवन निर्माण कार्य सम्पन्न गरि स्थानिय सरकारलाई हस्तान्तरण गरिने सिवालय विल्डर्स प्रा. लि. का प्राेपाईटर राजेश गाैतमले बताईएकाे छ ।
गाउँपालिकामा अस्पताल बने पछि बागमती गाउँपालिकाका साथै काभ्रेकाे खानीखाेला, लालितपुरकाे बागमती, सिन्धुलीकाे हरिहरपुरगढी र मरिण गाँउपालिकाका तथा आसपासको जिल्ला र पालिकाको जनताले छिटोछरितो उपचार पाउने भएका छन ।
सहिद स्मृति आधारभुत अस्पतालमा आधारभूत उपचार, समान्य चिकित्सा, दन्त राेग, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिनेछन । अस्पतालमा १ जना मेडिकल सुपरीन्टेन्डन्ट सहित २४ जना स्वास्थ्यकर्मी रहने बागमती गा. पा. जनस्वास्थ्य निरिक्षक दिनेश गुप्ताले जानकारी दिनु भएकाे छ ।
शिल्यान्यास कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष दन्तलाल माझी, वडा न.५ का अध्यक्ष बिजय कुमार भोलन, वडा न. ७ का अध्यक्ष उत्तर बहादुर भोलन, वडा न. २ का अध्यक्ष जनक पहरी, बागमती गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, वडा नं. ४ का पुर्व अध्यक्ष रहर सिं थिङ, जिल्ला खेलकुद महासंघ मकवानपुरका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बल, मनोज बल लगायतको उपस्थिति रहेको थियो ।
