बागमतीका एक किसानको ६ वटा बाख्रा मरे

बागमती, मकवानपुर / मकवानपुरको बागमती गाउँपालिकाका एक किसानको ६ वटा बाख्रा मरेको छ । वडा नम्बर ५ लालभित्ते थलीका स्थानीय किसान सुभितमान तितुङको ६ वटा बाख्रा मर्दा झण्डै ६० हजार बराबरको क्षति भएको तितुङले बताउनुभयो ।
सोमबार ( हिजो) स्थानिय जंगलमा चराएर ल्याएपछी भकाभक बाख्रा मर्न थालेको उहाँको भनाई छ । बेलुकी दुई वटा खसी र राती थप दुई / दुई वटा बोका र माउ बाख्रा मरेको हो ।
१३ मध्ये ६ वटा बाख्रा मरेपछि आज विहान गाउँपालिकाका पशु बिज्ञ त्यहाँ पुगेको थियो । जाँच गर्दा बाख्राले विषालु घाँस (खाना) खाएकाे  हुन सक्ने पालिकाका पशु शाखा प्रमुख राजेन्द्र गाेलेले जानकारी दिनुभयो । बाख्रा के कारणले मरेको भन्ने पत्ता लगाउन पशु विज्ञ केन्द्र हेटाैडाको टोलीले थप जाँचबुज गरिरहेको पनि गोलेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *