नियमित साहित्य सन्ध्यामा ॠत्विक र समर्पणको संयुक्त कविता वाचन सम्पन्न ।

हेटौंडा :- मकवानपुर जिल्लाकै अग्रणी साहित्यक संस्था साहित्य सङ्गम मकवानपुरको ३३६ औं नियमित साहित्य सन्ध्या सम्पन्न भएको छ । शनिबार नियमित साहित्य सन्ध्यासँगै बालपुस्ताका नवसर्जक ॠत्विक केवी र समर्पण न्यौपानेको संयुक्त कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
ॠत्विक र समर्पणले समान ३/३ वटा कविता वाचन गर्नुभएको थियो । ॠत्विकले आमा, समय, र प्रेत आत्मा शिर्षकका कविता वाचन गर्नुभयो भने समर्पणले `चोमोलुङ्मा,सगरमाथा र एभरेष्ट´, `टेबलमुनि के छ´ र `इतिहास र मान्छे´शिर्षकका कविता वाचन गर्नुभयो ।
कार्यक्रममा ॠत्विक र समर्पणको कविता र नियमित साहित्य सन्ध्यामा वाचन भएका २४ वटा रचनाको समिक्षा साहित्यकार सुवास खनालले गर्नुभएको थियो । खनालले कार्यक्रममा प्रस्तुत भएका रचनाहरु देश, समय सान्दर्भिक, र राजनीतिसंग रहेको बताउनुभयो । यस्तै गरि बालपुस्ता र नवयुवा पुस्तालाई पनि साहित्यमा स्थान दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षतामा तथा अग्रज साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकारहरु निमेष निखिल, श्याम कुमार बानियाँ, भावना सापकोटा, छवि सुवेदी, मसान उपासक, सम्प्रास पौडेल, किशन पौडेल, देवराज खरेल, लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *