

काठमाडौं । अखिल (क्रान्तिकारी)को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ । असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको परिपत्रमार्फत क्रान्तिकारीले जानकारी दिएको हो ।
मौजुदा केन्द्रीय कमिटीलाई २३ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गर्दै ९९९ सदस्यमा विस्तार गरेको हो।अखिल क्रान्तिकारीले पदाधिकारीको संख्या पनि विस्तार गरेको छ। जसमा उपाध्यक्ष १८ जना, उपमहासचिव २१ जना र सचिवको संख्या नै आधा सय माथि रहेको अध्यक्ष पञ्चा सिंह र महासचिव दीपेश पुनले हस्ताक्षर गरी मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उल्लेख छ।
उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।क्रान्तिकारीको सम्मेलन आयोजक कमिटीमा रहेका पदाधिकारी एवं सदस्यहरू स्वतः प्रतिनिधि बन्न पाउने छैनन्। उनीहरू सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ।
असन्तुष्ट पक्ष पवन समूहलाई समेत समेटेर पदाधिकारी ९९ सदस्य र केन्द्रीय समिति ९९९ सदस्य बनाएको छ । अखिल क्रान्तिकारीमा २२ औं राष्ट्रिय सम्मेलनयता नै विवाद थियो।
पवन कार्कीको समूहले समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएकामा गत भदौ २५ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै रोहवरमा विवाद मिलाइएको थियो।
९९ सदस्यी पदाधिकारी र ९९९ सदस्यीय आयोजक कमिटी सूची हेर्नुसोस्
