

मकवानपुरको बागमतीमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बागमती गाउँपालिका वडा नं.९ बेतिनी, अगौटे बस्ने ४७ वर्षीय जीवन बहादुर तुम्सिङले आफ्नै दाजु ४८ वर्षीय अशोक तुम्सिङलाई खुकुरी प्रहार गरी घाइते बनाएको स्थानीयले जनाएको छ । हिजो आईतबार साझ ६ बजेको समयमा भाई जीवनले दाजु अशोक माथि खुकुरी प्रहार गरेको थियो l
जीवनको खुकुरी प्रहारबाट अशोकको घाटी र दाहिने हातमा गम्भीर चोट लागेको छ । उनको हाल चितवन मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने जीवन फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
