माओवादी केन्द्रको जनतासँग विशेष रुपान्तरण अभियान अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ मा भएको टोल भेलामा विभिन्न पार्टी परित्याग गरी ६५ जना प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई आज (सोमबार) माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक सर्केश घलान, प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रीन, तथा बागमती गाउँपालिका अध्यक्ष अरुण लामा बलले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
एमाले, काङ्ग्रेस र राप्रपा परित्या गरि ६५ जना माओवादी केन्द्रमा प्रवेश भएको अध्यक्ष अरुण लामा बलले जानकारी दिनुभयो l
बागमती गाउँपालिका -८ स्थित तल्लो भुवनचुलि टोल कमिटीको आयोजनामा जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत विजया दशमी ,शुभ दिपावली, नेपाल संवत् तथा छठपर्वको अवसरमा आयोजित अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केद्रमा प्रवेश भएको हो l
कार्यक्रममा गाउँकमिटी सचिव रहर थिङ,अखिल नेपाल खेलकुद संघको केन्द्रीय सदस्य माधव कोईराला ,प्रदेश सल्लाहकार ,लाल बहादुर सिङ्तान, वडा इन्चार्ज माधब घोरासाईनी, गाउँ कमिटी सदस्य बासुदेव गोले,आशिष् बल, बागमती गाउँपालिका वाइसीएल अध्यक्ष आकाश लोप्चन,राम बहादुर घलान, पार्टी वडा अध्यक्ष पूर्ण बहादुर थिङ,मान बहादुर नेगी,सुनिता नेगी,लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो l
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी,बिशेष अतिथी, र अतिथिहरुले शुभकामना दिदै ,अहिलेसम्म कुनैपनी पार्टीले अहिलेको सरकारले जसरी काम गर्न नसकिएको र अहिले प्रचण्ड सरकारले भ्रष्टाचारको जरो उखेल्न महत्त्वपूर्ण काम गरेको हुँदा देश बनाउन भ्रष्टाचारलाई निमिट्यान्न गर्नुपर्ने भएकोले सम्पूर्ण नेपालीहरुले नेकपा माओवादी केन्द्रलाई साथ दिनु पर्ने बताउनु भयो l साथै सम्पूर्ण नेपालीहरु आत्म निर्भरताका लागि कृषिमा लाग्न सुझाउदै विशेष गरी दूध उत्पादनमा लाग्न अनुरोध समेत गर्नुभयो l टोल कमिटी अध्यक्ष करण स्याङ्तानको सभाध्यकामा भएको उक्त कार्यक्रम सहजीकरण पार्टी वडा सचिव दिलकुमार योन्जनले सहजीकरण गरेका थिए l