गाउँपालिकाको सहकार्यमा कृषकको ६० लाख मुल्य बराबरको खसी र बोका बिक्री

मकवानपुरको  बागमती गाउँपालिकाको सहकार्यमा पालिका अन्तर्गतका कृषकहरुको करिब ६० लाख मुल्य बराबरको खसी, बोका बिक्री भएको छ l

 

 

 

 

 

पालिकाको सहकार्य तथा  बाख्रा व्यावसायी संघ मकवानपुरको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आज आइतबार २ सय १७ वटा खसी र  १३ वटा बोका गरी जम्मा २ सय ३० वटा बिक्री गरिएको छ l बिक्री गरिएका खसी, बोकाको मुल्य करिब ६० लाख मुल्य  बराबर रहेको गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख राजेन्द्र गोलेले जानकारी दिए l

 

 

 

 

 

खसी र बोका जिउदै तौलेर बिक्री गरिएको छ l २० देखि २५ किलोग्रामसम्मको खसीलाई प्रति किलोग्राम ५ सय ८५ रुपैया र २५ किलोग्राम भन्दा बढीलाई  प्रति किलोग्राम ६ सय ५ रुपैयाका दरले बिक्री गरिएको छ l त्यसैगरी १८ किलोग्राम भन्दा बढीको बोकालाई प्रति केजी ५ सय ७० रुपैयाका दरले बिक्री गरिएको हो l  पालिकाका वडा नं. २,३,४,५,६,७,८ र ९ का कृषकहरुले खसी, बोका बिक्री गर्न ल्याएका थिए l पालिकाको सहकार्यमा कृषकको खसी, बोका बिक्री गरिएको यो दोस्रो पटक भएको शाखा प्रमुख गोलेले  बताए l  गत वर्ष २३ लाख मुल्य बराबरको १ एक सय ३ वटा खसी,बोका बिक्री भएको शाखा प्रमुख गोलेले जानकारी गराए l  पालिकाको पहलमा यसरी खसी, बोका बिक्री वितरण  गर्दा कृषकहरु बिचौलियाहरुबाट ठगिनबाट बच्ने उनको भनाइ थियो l  यस कार्य प्रति कृषकहरु खुशी भएको उनको प्रतिक्रिया थियो l

 

 

 

 

 

 

 

 

दसैंलाई लक्षित गर्दै खसी, बोका बिक्री वितरणका  लागि गाउँपालिकाले वडा नं. ८ स्थित शारथी शिक्षा निकेतन बोर्डिङ स्कुल अगाडिको चौर(खेलमैदान)मा  ल्याउन कृषकहरुलाई गत असोज २६ गते सूचना जारी गरेको थियो l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *