बागमती सन्देश, बागमती
मकवानपुरकाे बागमती गाउँपालिकामा आजबाट अत्यावश्यक बाहेककाे सेवा ठप्प रहने भएकाे छ । स्थानिय तह कर्मचारी संघर्ष समिति बागमती गाउँपालिकले आज प्रेस विज्ञप्ती जारी गर्दै संघीय निजामती सेवा विधेयक, २०८० को विरोधमा अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु अनिश्चितकालका लागि बन्द गरिने जनाईएकाे छ ।
बागमती गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज २२ असोजमा १० सदस्यीय स्थानिय तह कर्मचारी संघर्ष समिति गठन गरिएकाे छ । दिनेश कुमार गुप्ताकाे संयाेजकत्व रहेकाे संघर्ष समितिले पालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना समक्ष प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण-पत्र बुझाउँदै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरिने जनाईएकाे छ ।
नेपाल सरकार मन्त्रीपरिषदकाे मिति २०८०/०५/२१ काे बैठकबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित गरि संसदमा दर्ता गर्ने निर्णय भएकाे र स्थानिय तहकाे कर्मचारिकाे अधिकारलाई कुण्ठित पार्ने गरि विभेदकारि व्यवस्था ल्याउन लागिएकाे हुँदा सरकार विरुद्ध विरोध प्रदर्शन गर्नु परेकाे संघर्ष समितिका महासचिव धिरज स्याङतानले हामीलाई बताउनुभएकाे छ ।
१८ असोजबाट आन्दोलनमा रहेका देशभरका स्थानीय तहका कर्मचारीहरुले पेनडाउन सहित विरोधमा उत्रिएका हुन । १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी काठमाण्डाैं आन्दाेलनमा रहेका छन ।
स्थानिय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले आह्वान गरिएकाे काठमाण्डाैं केन्द्रित आन्दाेलनमा यस पालिकाले पनि एक्यबद्धता जनाउदै २ जना कर्मचारी काठमाण्डाैं पठाउने संयाेजक गुप्ताले जानकारी दिनुभयाे ।