मकवानपुर जिल्ला खेलकुद विकास समितिले बागमती गाउँपालिकाका खेलाडीहरूलाई खेलकुद सामग्री प्रदान गरेकाे छ ।
आज साेमबार समितिका अध्यक्ष भेष खड्कीले गाउँपालिकाकाे झुरझुरे स्थित खेलमैदानमै उपस्थित भई प्रशिक्षक र खेलाडीलाई खेलकुद सामग्री प्रदान गरेको हो । अध्यक्ष खड्कीले फुटबल, कोण,मार्कर,स्ट्रीक लगायतका फुटबल खेलसंग सम्बन्धित सामग्री प्रदान गरेकाे फुटबल खेल प्रशिक्षक चुन बहादुर पाख्रिनले जानकारी दिए !
सामग्री वितरणकाे क्रममा अध्यक्ष खड्कीले अबका दिनमा हुने हरेक खेलहरु जित्ने गरी खेलाडीलाई मिहिनेत गर्न र प्रशिक्षणकाे नाममा खेलाडीहरू संग कुनै पनि रकम नलिन प्रशिक्षक आग्रह गरे । खेलाडीहरू अनुशासित र मर्यादित हुनपर्ने उनले जाेड दिए। हरेक तीन तीन महिनामा उत्कृष्ट खेलाडीहरुलाई छनोट गरी ५ पुरूष र ५ महिला खेलाडीलाई जर्सी,बुट, र फुटबल दिने अध्यक्ष खड्कीले घाेषणा समेत गरे । साथै जिल्ला खेलकुद विकास समितिले उत्कृष्ट खेलाडिहरुको विमा समेत गराउने जानकारी दिए ।
खेलकुद सामाग्री वितरण कार्यक्रममा, खेलकुद विकास कार्यालय प्रमुख माधव कोईराला,खेलकुद महासंघका उपाध्यक्ष अरुण बल,वडा अध्यक्ष दन्तलाल माझी,विजय भोलोन,रहर सिङ थिङ,बकैया खेलकुद विकास समिती अध्यक्ष बिजय लामा,बागमती खेलकुद समिति अध्यक्ष टिकालाल श्रेष्ठ लगायतकाकाे उपस्थिति रहेको थियो । खेलकुद सामाग्री वितरण कार्यक्रममा अध्यक्ष टिकालाल श्रेष्ठले जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद ज्ञापन गरे ।