बागमती-३ घट्टे डांडामा टोल भेला सम्पन्न ,विभिन्न पार्टी परित्याग गरि ११ जना माओवादी केन्द्रमा प्रवेश,

 

नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर ३ को सिमलटार, पिपलटार, पाङदमारमा शुक्रबार टोल भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसबाट ११ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई माओवादी केन्द्रमा स्वागत पनि गरिएको छ । साथै, पार्टीसँगै किसान, महिला, युथ कम्युनिष्ट लिग(वाईसीएल)का टोल कमिटी समेत गठन गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु सापकोटा ‘जुगल’को प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका मकवानपुर संयोजक सर्केश घलानको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश परिषद सदस्य कमानसिं पाख्रिन, जिल्ला सदस्य सन्तलाल माझी, बागती गाउँपालिका सचिव रहरमान थिङ, गाउँपालिका सदस्य भगवती माझी, वाईसीएलका जिल्ला सचिव मुक्ती लामा, वडा अध्यक्ष प्रेम पाख्रिन लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) बागमती गाउँपालिका वडा नम्बर ३ कमिटी अध्यक्ष विरबहादुर थिङको अध्यक्षतामा भएको थियो । त्यस्तै, बागमती वडा नम्बर ९ (साविक बेतिनी गाविस) मा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत छलफल कार्यक्र सम्पन्न भएको छ ।
यसैबिच, अभियान अन्तरगत भीमफेदी गाउँपालिका वडा नम्बर ४ कमिटीको अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष नवराज मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गर्ने र टोल कमिटी गठन गरिएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका इन्चार्ज अप्सरा लोप्चन, पार्टीका गाउँपालिका कमिटीका अध्यक्ष बद्री बहादुर स्याङ्तान, उपाध्यक्ष प्रितिलाल लामा, सचिव अमृत बल, सहचिब बुद्धमान बज्यु लगायतको आतिथ्य रहेको थियो ।
उता, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अभियान अन्तरगत मकवानपुरगढी वडा नम्बर ५ का खेलकुदसँग आबद्ध युवाहरुसँग अन्तरक्रिया तथा अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढीको प्रथम भेला सम्पन्न भएको छ । कार्यक्रम नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपालीको प्रमुख आतिथ्यमा भएको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.