राक्सिराङ गाउँपालिका वडा न.९ मा प्रहरीले गरे अबैध गाजा नस्ट।

९ असोज २०८० , मंगलबार

मकवानपुर -मकवानपुर प्रहरीले मकवानपुर जिल्लाका विभिन्न स्थानमा १५ विगाह अबैध  गाँजा खेती नष्ट गरेका छन। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ।
असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा न. ९ को धाधुङ, सुकेल तेन्चुराङ, वडा नम्बर ४ को खुर्कोट, चौकीटार, साईता र वडा नम्बर ५ को बोटबारी लगायतका स्थानहरुमा गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.