अखिल नेपाल खेलकुद महासंघ बागमतीको प्रथम भेला सम्पन्न: अध्यक्षमा चित्र बहादुर पुलामी , उमेश

मकवानपुर , अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर पुलामी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।नेकपा(माओवादी केन्द्र) निकट उक्त भातृ संगठनको महासंघको सोमबार सम्पन्न पालिका भेलाबाट चित्र बहादुर पुलामिको नेतृत्वमा २५ सदस्यीय पालिका कार्यसमिति चयन गरिएको हो!                                                                  नवगठित महासंघको प्रमुख पदाधिकारीहरु

अध्यक्ष: चित्र बहादुर पुलामी
उपाध्यक्ष: अनिल थिङ
सचिव: कुमार विष्ट
सह–सचिव: किरण घिसिङ
कोषाध्यक्ष: सागर दाहाल


चुन बहादुर पाख्रीनको सभापतित्वमा सम्पन्न पालिका भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिष्णु सापकोटा ( जुगल)को प्रमुख आतिथ्य, जिल्ला संयोजक सर्केश घलानको विशेष आतिथ्य रहेको थियो भने अतिथिहरुमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य दन्तलाल माझी,बिमल थिङ
, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज माधब कोईराला, जिल्ला फुटबल संघ मकवानपुरका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमतीको अध्यक्ष अरुण बल,

नेकपा माओवादी केन्द्र बागमती गाउपालिका सचिव रहर सिङ थिङ ,अखिल नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष, भोजराज पराजुली , उपाध्यक्ष ,पुष्पराज पुडासैनी ,जिल्ला सचीव , ईस्वर छत्कुली, सह-सचिव, मदन उप्रेती ,खेलकुद बिकास समिति सदस्य मकवानपुरका आलोक स्याङ्तान, लगायतको आतिथ्य रहेको थियो भने, भेलामा प्रमुख अथिती                          लगाएत अन्य अथितिले शुभकामना मन्तव्य राख्दै ,सभापति चुन बहादुर पाख्रीनले भेला समापन गरिएको थियो!

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.