ईलाका प्रहरी कार्यलय फापरबारीले गर्यो झण्डै १५० लिटर भन्दा बढी मदिरा नस्ट ।

ईलाका प्रहरी कार्यलय फापरबारीले झन्डै १५० लिटर मदिरा अर्थात रक्सी र जाडलाई नस्ट गरेको छ। बकैया गाउँपालिका वडा न.५ तिनतलेबाट हिजो असोज ८ गते बिहान ८ :३० बजे उक्त मदिरा इलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीले बरामत गरेको ईलाका प्रहरी कार्यलय फापरबारीले जानकारी दिएका छन।

 

 

 

 

 

बकैया गाउँपालिकाबाट हेटौंडा तर्फ लगिदै गरेको उक्त १५० लिटर मदिरा ना ५ ख ११९५ , बा ३ ख १८०५ र बा ४ ख ८५३८ यात्रु वाहक बसबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय फापरबारीका प्रमुख नारायण थापाले जानकारी दिनु भयो।

 

 

 

 

 

बरामत गरिएको मदिरालाइ बाग्मती गाउँपालिका वडा न. ८ का अध्यक्ष ईन्द्रमणि तिमल्सिना( केशब)को रोहवरमा ,शिक्षा प्रेमी समाजसेवि शंकर कुमार पराजुली, युवा समाजसेवि प्रकाश सन्जेल ,नेमा मोक्तान ,बब्लु गुरुङ लगायतको उपस्थितिमा प्रहरीले ९ गते अर्थात आज नस्ट गरेका हुन।
बकैया गाउँपालिकामा मदिरा सेवन गर्न ,बिक्री वितरण गर्न निशेध छ। बकैया गाउपालिका भरी मदिरा तथा धूम्रपान मद्यपान बिक्रि वितरण नगर्न गाउँपालिकाले सूचनानै जारी सकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *