मकवानपुर ,
बागमती गाउँपालिकाकाे वार्ड नं. ३ सुख्खा जरायोटार स्थित विभिन्न पार्टी परित्याग गरि १५ जना नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन । आज शनिवार जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गत बागमती -३ सुख्खा जरायोटार टोल कमिटी गठन भेलाका प्रमुख अतिथि एवम् बागमती प्रदेश कमिटी परिषद सदस्य कमान सिं पाख्रिनले प्रवेश गराईएका हुन ।
प्रवेश हुनेहरुमा काँग्रेसका क्रियाशील वडा सदस्य माइते सिं बोम्जन, कामी सिं वाइबा, नन्दलाल पाख्रिन्, काजीमान जिम्बा, एमालेबाट पासाङ योम्जन, सुक्राम पाख्रिन, धन ब. थिं, आषिश मोक्तान, रबी योम्जन्, रोशन थिं, शंकरमान जिम्बा, प्रकाश तितुङ सहित जम्मा १५ जना माओवादी केन्द्रमा प्रवेश भएका छन ।
नव प्रवेशिहरुलाई प्रमुख अतिथी कमान सिङ पाख्रिनले अविर लगाएर पार्टीमा प्रवेश गराईएका थिए । भेलालाई सम्बाेधन गर्ने क्रममा प्रमुख अतिथि पाख्रिनले देशमा आम उत्पीडित समुदायको हकहितको लागि बोल्ने र लड्ने माओवादी बाहेक अन्य पार्टी नरहेको समेत बताउनु भयो ।देश र जनताको एक मात्रा पार्टी माओवादी रहेकोले सबै जनता एकताबद्ध भएर लाग्नु बाहेक अन्य बिकल्प नरहेको बताउनु भयो ।
माओवादी केन्द्र बागमती -३ चिरुवा सुख्खा जरायोटार टोल कमिटी विस्तारित बैठक टोल कमिटी अध्यक्ष अशोक कुमार बज्युको अध्यक्षतामा सम्पन्न भएको हो। यस टोल भेलाको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी परिषद सदस्य कमान सिं पाख्रिन ,
अतिथिमा बागमती कमिटी उपाध्यक्ष बल ब. पाख्रिन , कमिटी सल्लाहकार दल ब. तामाङ , बागमती कमिटी सदस्य रतन ब.बज्यु , तुल ब. मोक्तान , विष्णु माया बिक. वाइसीएल वडा कमिटी अध्यक्ष प्रेम ब. पाख्रिन् लगायतको आतिथ्यतामा आजको टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको,पार्टी गाउँ कमिटी सदस्य रतन बज्युले जानकारी दिनुभएको थियो ।