सब डिभिजन वन कार्यलय फापरबारीले १ दिने लेखा तथा अभिलेख ब्यवस्थापन र माइनुट लेखन तालिम दिएको छ। तालिम बाग्मती गाउँपालिका वडा न.८ मा रहेको जनता मा.वि. मा दिउँसो ११ बजे भएको हो। रास्टृय वन संरक्षण तथा ब्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यलयले आफ्नो सेवा क्षेत्र भित्रको ४० ओटा सामुदायिक वन उपभोक्त समुहलाई लेखा तथा अभिलेख ब्यवस्थापन र माइनोट लेखन तालिम दिईएको सब डिभिजन वन कार्यलय फापरबारीको प्रमुख विशाल कुमार तामाङले जानकारी दिनु भयो।
वन सम्वन्धी विभिन्न कार्य अगाडि बढाउदा लेखा तथा अभिलेख र माइनोट लेखनकै कारण विभिन्न कानुनी समस्य देखा पर्न थाले पछि वन उपभोक्त उपभोक्त समितिलाई तालिमनै दिएर जानू परेको प्रमुख विशाल कुमार तामाङले बताउनु भयो। तालिममा सिकेका विषय वस्तुहरुलाई अझ प्रभावकारी होस भन्ने हेतुले तालिममा ३० मिनेटको कक्षा कार्य दिएर परिक्षा समेत लिएका थिए।
तालिम सम उदघाटन कार्यक्रम सब डिभिजन वन कार्यलय फापरबारीका प्रमुख विशाल कुमार तामाङको अध्यक्षतामा भएको हो भने बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यता रहेको थियो। कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै अध्यक्ष घलानले सब डिभिजन बन कार्यलयको सेवा क्षेत्र भित्र रहेको ४० ओटा बन समितिले वडा अध्यक्षले भन्दा पनि धेरै बजेट चलाउन पाउने अधिकार रहेको भन्दै सामुदायिक वनले चुस्त दुरुस्त कार्य गरे जनताको जीवन स्तर उकास्न थोरै भने पनि टेवा पुग्ने बताउनु भयो। यस्ता सचेतना मुलक कार्यक्रम गरेकोमा वन कार्यलय फापरबारीलाइ धन्यवाद दिदै राइगाउ बन कार्यलयले पनि यस्तै तालिम राखेर सामुदायिक बन समिति हरुलाइ सचेतना जगाउनु पर्नेमा जोड दिनु भयो। कार्यक्रम अथितीको रुपमा ईलाका प्रहरी कार्यलय फापरबारीका प्रमुख नारायण थापा ,वडा न.८ का अध्यक्ष इन्द्रमणी तिमल्सिना ,नेपाल रेड्क्रस सोसाइटी फापरवारि उप शाखाको सभापति शंकर कुमार पराजुली ,वाइसीएल मकवानपुरका सचीव वीर बहादुर थिङ मुक्ति लगायतका रहेका थिए।
तालिममा जमुना तिमल्सिनाले दर्ता र चलानी,चिट्ठी पत्र,माइनुट,प्रशासन र कार्यलय सन्चालन बारे प्रशिक्षण दिएका थिए भने हरिकृष्ण कार्कीले जिन्सी ,मलेप फारमको जिन्सी सामन समवन्धी फारमको बारेमा कसरी गर्ने भन्ने बारे जानकारी गराएका थिए। तालिममा फाइलिङ,अभिलेख ,कार्यसमितिको पदाधिकारी ,उपभोक्त र हेरालुको काम र कर्तव्य तथा नियमित बन गस्ती बारे विष्णु ढुंगानाले प्रशिक्षण दिएका थिए।
अन्तमा प्रशिक्षक तथा बन सब डिभिजन कार्यलय फापरबारीका प्रमुख विशाल कुमार तामाङ्ले वन उपभोक्त समितिले गरेका हरेक काम बारेमा चुस्त दुरुस्त राख्न अनुरोध गरेका छ्न। कार्यक्रममा सबै समुहले अडिटको लागि बैंक स्टेटमेन्ट र लेखापरीक्षण प्रतिवेदन प्रष्ट राख्न आग्रह गरे। साथमा बार्शिक प्रतिवेदन र साधरण सभाले बकैता निर्णय र पास गरेको प्रतिलिपी सहित समुहमा यथासिग्र राख्नु पर्ने बताए। पुरानो काठ,दाउराको ब्यवस्थापन लागि वन कार्यलयमा अनुमानि माग्न आउदा त्यो काठको ब्यवस्थापन गर्दा त्यहाँको जनताको जीवनमा केही परिवर्तन आउनु पर्ने उहाँको भनाइ थ्यो।
वन सब डिभिजन कार्यलय फापरबारी अन्तर्गत रहेका ४० वटा उपभोक्त समुह कोषबाट रकम हिनामिना गरेमा विधान कर्ययोजना विपरीत कार्य गरेमा कार्यवाही समेत गरिने उहाँले प्रष्ट पार्नु भयो। सा.उ.स. को आर्थिक कार्यबिधी निर्देशिका २०७३ ऐनमा भएको ब्यवस्था अनुसार काम गर्नु पर्ने उहाँले बताउनु भयो । नियम संगत कार्य नगरे कानुनले बाधे त्यसको जवाफदेही आफै हुनु पर्ने उहाँले बताउनु भयो। तालिममा ४० वटा वन उपभोक्त समुहको झन्डै ७० जनाको सहभागी रहेको थियो भने कार्यक्रमको सन्चालन फरेस्टर जमुना तिमल्सिनाले गरेका थिए।