नेपाली दिदीवहिनीहरुलाई दर खुवाउदै एनआरएन इजरायल

तेल अविव, इजरायल –
गैरआवासिय नेपाली संघ ,राष्ट्रिय  समन्वय परिषद -इजरायलयले यो वर्षको तीजमा मौलिकता जोगाउने गरि हिजाे एक तिज विशेष कार्यक्रम सम्पन्न गरिएकाे थियाे । तीजको दर खाने दिन अर्थात सेप्टेम्बर १७ तारिख, आइतबार साँझ इजरायलवासी नेपालीलाई लक्षित गर्दै तेल अभिवस्थित लेबेन्स्की पार्क र यौनजन्य हिम्सामा परेका दिदीवहिनीहरु आश्रित रक्षा नेपाल, काठमाडौमा एकै साथ विशुद्ध शाकाहारी दर खुवाउने कार्यक्रम राखिएको एनआरएनए इजरायलले जनाएको छ ।
घरपरिवार बाट टाढा परदेशमा रहदा पनि परिवार सङ्गै रहेको अनुभूति दिलाउन यो संस्थाले प्रत्येक वर्ष यसरी इजरायलमा कार्यक्रम गर्दै आएको छ ।

सामाजिक सेवामा समर्पित गैर राजनैतीक अनि गैर नाफामुलक संस्था भएर नै एन आर एन ए इजरायलले आफ्नो सेवा जन्मथलोमा पनि पुर्याउदै आएको छ । त्यसैको सिलसिलामा परदेश र घरदेशमा एकैपटक दर खुवाउने उद्देश्य स्वरुप रक्षा नेपालमा आश्रित चेलीहरुलाई पनि सोही दिन नै दर खुवाउने योजना तय गरिएको एन आर एन ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताउनु भयो ।

इजरायललाई कर्म थलो बनाउदै आउनु भएका सम्पूर्ण नेपाली र नेपाली भाषी दिदी बहिनी तथा दाजुभाईहरु आइतबार सांझ ८ बजेदेखि मौलिक तीज गितमा नाच्दै निशुल्क दर खाने कार्यक्रमकाे सुरु गरिएकाे थियाे ।

साे कार्यक्रममा नेपाली राजदुतावास सङ्गै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे आयोजकले बताएको छ । निशुल्क प्रवेशको व्यवस्था गराईएको सो कार्यक्रममा विशेषत चेलीहरु माइत आए सरह  दाजुभाईहरु सँगै मादलकाे आएर मौलिक तीज गितमा रमाइलो माहाेल सिर्जना गर्दै मिस्ठान्न दरको आनन्द लिईएकाे त्यहाँबाट प्रज्वल पाख्रिनले हामिलाई बताईएकाे थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *