शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई वार्तामा बोलायो।

मकवानपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन।

मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज साेमवार विज्ञप्ती निकालेर भाेलि मङ्गलवार दिउँसाे ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका छन। विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएकाे र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीकाे पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

यही विधेयकलाई लिएर महासङ्घले पर्सि बुधवार देखि विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे थियो । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *