३१ भदौ २०८०, आईतवार
बागमति गाउपालिका-२ राईगाउँ बजारटोलमा भुमिगत सिंचाईकाे उद्धघाटन भएको छ। आज आईतवार सिंचाई निर्माण स्थल राईगाँउ स्थित एक कार्यक्रमकाे आयाेजना गरि गाउँपालिका अध्यक्ष सर्केश घलानले सिंचाईकाे उद्घाटन गर्नुभएकाे हो ।
सिंचाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सर्केश घलानले आफ्नो मन्तव्य राख्दै, भन्नू भयो यो सिचाई ले राईगाउँ वासी कृषकहरुलाई जीवन यापन सुधार्ने एउटा अबसर प्राप्त हुने र कृषकहरुले यो अवसरलाई सफलतामा बदल्न सक्नु पर्ने बताउनु भयो । अब कृषि क्रान्ति नगरि केही सम्भब नभएको भन्दै सबैले श्रम र कृषि उदपादनमा जोड दिन पालिका वासी सबैलाई आवहान गर्नु भयो। साथै अब पालिकाभरी यस्तै सिंचाइलाई प्राथमिकतामा राखिएको समेत बताउनु भयो।यसै गरि तिव्र गतिमा काम सम्पन्न गरेकोमा समितिका अध्यक्ष राजकुमार राईलाई भुमिगत सिंचाई चितवनका प्रमुख देव बहादुर स्याङ्बो , प्रमुख अथिती सर्केश घलानले सम्मान पत्र समेत प्रदान गरेका छन।
राइगाउ बाजरटोल लिफ्ट सिंचाइ उद्धघाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बागमती-२ का अध्यक्ष जनक पहरीले यो सिचाईले झन्डै ६ सय घर धुरी कृषकहरु लाभान्वित हुने र यो योजनाको लागि विशेष पहल गरि यहाँको जनतालाई कृषि पेशामा लाग्न प्रोत्साहन गर्नु भएकोमा गाउपालिका अध्यक्ष सर्केश घलान र भुमिगत सिंचाइ डिभिजन कार्यलय चितवनका प्रमुख देव बहादुर स्याङ्बोलाई धन्यवाद समेत प्रकट गर्नुभयो ।
उद्धघाटन कार्यक्रममा वडा न.१ अध्यक्ष युहन्ना राई, सोही वडाका अध्यक्ष जनक पहरी, वडा न.४ का अध्यक्ष दन्तलाल माझी किरण वडा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि अरुण बल ,छवि भोम्जन अन्य नेतृत्वहरु, पत्रकार र राईगाउ बासिहरुको उल्लेखनीय उपस्थितिमा क्रेन मार्फत भुमिगत सिचाईको उद्धघाटन भएको थियो ,भने कार्यक्रमको सन्चालन राजकुमार सेन्चुरीले गर्नु भएको थियो।