मोतिपुर सिंचाइ उपभोक्त समितिले मनायो २५ औं रजत जयन्ती ।

मोतिपुर जल उपभोक्त समितिद्वारा २५ औ रजत जयन्ती मनाएका छन। “सिंचाइ नहर पानी हाम्रो धन,आत्म निर्भर कृषि उपच खाद्यान्न उदपादन”  भन्ने मुल नारा सहित रजत जयन्ती समारोह  कार्यक्रम सम्पन्न भएको छ।

बाग्मती गाउँ पालिका वडा न.७ पाथीभरामा पर्ने  मोतिपुर सिंचाइ ले झन्डै ३७ हेक्टर जमिन सिन्चित छ्न। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको  प्रमुख अथिती महालक्ष्मी डिना उपाध्यायले यस मोतिपुर सिंचाइलाई आगामी दिनमा आफुले भन्दा हुने र लाग्ने ठाउँहरुमा भनेर सहयोग गर्ने प्रतीबद्द्ता ब्यक्त गर्नु भयो। कार्यक्रममा  २०५५ सालमा सिंचाइ सुचारु भए यता, यस  मोतिपुर सिंचाइ उपभोक्त समितिले र यहाका किसानहरुले  सामना गर्दै आएको समस्या र प्रगति बारे अध्यक्ष डिल्ली प्रसाद घोरासाइनीले  कार्यक्रममा मौखिक रुपमा राखेका थिए।

बाग्मती गाउँपालिकाको सफल सिंचाइ उपभोक्त समितीको रुपमा परिचीत मोतिपुर सिंचाइले मोतिपुर टोलका किसान हरुको जिबनमा भने निकै परिवर्तन ल्याएको त्यहाँका कृषकहरुले बताएका छन।  मकै दोदो मात्रै उत्पादन हुने यस ठाउँमा सिंचाइ  भए पछि बेमौसमी विभिन्न तरकारी तथा धान , मकै ,गहु, आदि उद्पादन हुने गरेको र यसले गर्दा त्यहाँका अधिकांश किसानहरुको जीवन पद्धतिनै फेरिएको अध्यक्ष डिल्ली प्रसाद घोरासाइनीले बताउनु भयो।

यस २५ औ रजत जयन्तीका अबसरमा सिंचाइ सुचारु भए पछि विभिन्न काल खण्डमा योगदान गरेका ब्यक्तित्वहरुलाई   दोसल्लाह ओडेर  सम्मान गरेका थिए।  कार्यक्रममा बाग्मती गाउँपालिका उपाध्यक्ष फडिन्द्र तिमल्सिना , वडा ७ का अध्यक्ष उत्तर बहादुर भोलन,इलाका प्रहरी कार्यलय ,फापरबारीका प्रमुख इन्सपेक्टर नारायण थापा, वडा न.८ अध्यक्ष इन्द्रमणि तिमल्सिना , रसपा बाग्मती अध्यक्ष सुजन पाख्रीन लगायतका महानुभावहरुको आथित्यतता तथा डिल्ली प्रसाद घोरासाइनीको सभाध्यक्षतामा शंकर कुमार पराजुलीले कार्यक्रमको सन्चालन गरेका थिए।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.