भावनाका विद्यार्थीलाई स्कुल पोसाक सहयोग

 

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ रामधुनीमा रहेको भावना आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई स्कुल पोसाक सहयोग प्राप्त भएको छ ।५९ औं राष्ट्रिय बाल दिवस एंव विद्यालयको ३४ औं स्थापना दिवसका अवसरमा आज ८२ जना विद्यार्थीहरुका लागि स्कुल पोसाक सहयोग प्राप्त भएको हो ।

पूर्व बिद्यार्थी एंव सामाजिक अभियन्ता प्रदिप पौडेलले एक लाख एक हजार रुपैयाँ बराबरको स्कुल ट्र्याक सुट विद्यार्थीलाई बितरण गर्नुभएको हो । सहयोग बितरण गर्दै पौडेलले यसअघि बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आज आफैं अध्ययन गरेको बिद्यालयलाई केही न केही सहयोग गरौं भन्ने उद्देश्यले विद्यार्थीहरुलाई ट्र्याक सुट सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा जिल्लामा अवस्थित समस्या भएका बिद्यालयहरुमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

कार्यक्रमका प्रमुख अतिथी १८ नम्बर वडाका अध्यक्ष अनिल कुमार बानियाँले पूर्व विद्यार्थीबाट बिद्यालय यसरी सहयोग आउनु निकै सराहनीय कार्य भएको बताउनुभयो। बिद्यालयको आवश्यक भौतिक पूर्वाधारहरुलागी वडाले हेर्दै आईरहेको बताउदै उहाँले खाजघर निर्माणका लागि ५ लाख बजेट बिनियोजन भएको समेत बताउनुभयो ।

बिद्यालयकी प्रधानाध्यापक रुपा रिजाल श्रेष्ठले यहाँ अध्ययनरत विद्यार्थीहरु बिपन्न परिवारका रहेको र उनिहरुसंग पढाउने खर्च समेत नहुंदा यस्ता सहयोगले धेरै टेवा पुगेकोमा खुशी व्यक्त गर्नुभयो । ट्र्याक सुट सहयोगले बिद्यार्थीहरुमा एकरुपता आउने साथै अभिभावकलाई समेत आर्थिक भार कम गर्न मद्दत गरेकोमा सहयोगीदाता पौडेलप्रती धन्यवाद प्रकट गर्नुभयो।

कार्यक्रममा २०४८ देखि २०७३ सालसम्म उक्त बिद्यालयमा अध्यापन गराउनुभएका शिक्षक सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो। उक्त सहयोग कार्यक्रममा बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ४ का सामाजिक अभियन्ता बिनोद सापकोटाले समेत सहयोग गर्नुभएको थियो।

भावना आधारभूत विद्यालय २०४६ सालमा स्थापना भएको हो । त्यहा नर्सरीदेखी ५ कक्षा ५ सम्म अध्यापन हुँदै आइरहेको छ । ८२ जना विद्यार्थीहरु त्यहाँ अध्ययन गरिरहेका छन।

कार्यक्रममा १८ नम्बर वडा सदस्य पुजा मंग्राती, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाका लेखा अधिकृत प्रकाश खतिवडा, अभिभावकहरु, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.