आगामी आइतबार अर्थात् भदाै ३१ गते प्रदेशका जिल्लामा प्रदेश सरकारले विदा दिने निर्णय गरेकाे छ । थारू जातिकाे महान पर्वका रूपमा मानिने अत्तवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा दिने निर्णय लुम्बिनी प्रदेश सरकारले गरेकाे हाे ।
लुम्बिनी प्रदेश गृह मन्त्रालयले भाद्र २८ गदे एक विज्ञप्ति जारी गरी भदाै ३१ गते आइतबार दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिइएकाे जनाएकाे छ ।